समानुपातिकमा दोहोरिने १७ भाग्यमानी

मङ्गलबार, ०१ फागुन २०७४, १९ : ५९ बालकृष्ण अधिकारी  | @adhikaribal


काठमाडौं- नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ। पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री सुजाता कोइराला बाहेक अन्यलाई नदोहोर्‍याउने निर्णय गरेपनि कांग्रेसले १० नेताको नाम दोहोर्‍याएको हो।

कांग्रेसले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम सूचीमा सुजाता कोइराला, चित्रलेखा यादव, मानबहादुर विक, मीन विक, मीनाक्षी झा, दीपशीखा शर्मा, महेन्द्रकुमारी लिम्बु, मीना सुब्बा, उमेश श्रेष्ठ र सुजाता परियार निर्वतमान सांसद् हुन। समानुपातिक सूचीबाटै २०६४ मा सांसद् बनेका जिपछिरिङ लामा, हीरा गुरुङ, मीना पाण्डे, उमा रेग्मी, लक्ष्मी परियार र विमला नेपाली फेरि सोही कोटाबाट सांसद् बनाउन कांग्रेसले सिफारीस गरेको छ।

दोस्रो संविधानसभामा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित सीतादेवी यादव, बालकृष्ण खाँण, बहादुरसिंह लामा, पार्वती डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानकुमारी छन्त्याललाई यस पटक कांग्रेसले समानुपातिकबाट सांसद् बनाउनका लागि सिफारीस गरेको हो।

दोस्रो संविधानसभाको प्रत्यक्षतर्फ पराजीत पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूसहितलाई कांग्रेसले यस पटक समानुपातिकतर्फको अन्तिम सूचीमा समेटेको छ । किशोरसिंह राठौर, डिला संग्रौला, सर्वत आरा खान, प्रकाश रसाइलीसहितका कांग्रेस नेताहरु पहिलो पटक अन्तिम सूचीमा अटेका हुन। प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट जितेको छ।

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म...

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ २ चैतमा देशव्यापी प्रदर्शनमा आउने भएको छ ।...

जेठमा उड्छ ‘चंगा’ !

जेठमा उड्छ ‘चंगा’ !

पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चंगा’ अर्को वर्षको जेठ २५ गते रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी...

नेपाल भाषा संगीत साँझ हुने

नेपाल भाषा संगीत साँझ हुने

कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ‘एकल लाइभ म्युजिक इभेन्ट’ मा...