८ वैशाख २०८१ शनिबार
कला

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

मुम्बई – अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

‘प्याडम्यान’ मा अक्षय कुमारको श्रीमतीको भूमिका निभाएकी राधिकाले भनेकी छन्, ‘महिनावारी हुँदा सरम मान्नुपर्छ भनेर महिलाले नै सिकाएका हुन्। पुरुषहरुलाई त अहिलेसम्म पनि यसको बारेमा सम्पूर्ण जानकारी छैन्। महिलाहरु नै हुन्, जो आफ्नो छोरी, बुहारीलाई महिनावारी हुँदा खुलेर बोल्नु हुँदैन, लजाउनुपर्छ भनेर सिकाउने गर्छन्।’ 

भारतीय फिल्म इतिहासमा सामाजिक रुपान्तरणको लागि बनेको पहिलो फिल्म नै प्याडम्यान रहेको बताएकी राधिकाले फिल्मले समाजमा जागरुकता ल्याउनको लागि कीर्तिमानी भुमिका निभाएको दाबी गरिन।

भारतका ८२ प्रतिशत महिलाहरुको अझै पनि स्यानिटरी प्याड प्रयोगमा पहुँच नहुनु भारतको लागि नै लज्जाको विषय भएको भन्दै स्यानेटरी प्याडको जिएसटी हटाउनुको सट्टा गाउँगाउँमा स्यानेटरी प्याड नि:शुल्क वितरण गर्न सके त्यो लाभदायक हुने उनको भनाई छ।

‘त्यो एउटी आमाले नै गर्नेछिन् जसले आफ्नो छोरीको पहिलो महिनावारी हुँदा कसैले पनि थाहा नपाउने गरी स्यानेटरी प्याड दिन्छीन्।  महिनावारीको समयमा महिलालाई मन्दिरमा जान दिइँदैन, यतीसम्मकी घरभित्र छिर्न समेत दिइँदैन। आजपनि समाजमा महिनावारीको समयमा उसले छोएको भाँडाबर्तन तथा लत्ताकपडालाई समेत बर्जित गरिन्छ। महिलालाई अछुत जस्तो व्यवहार गरिन्छ, यहि सरमको कुरालाई हटाउन प्याडम्यान बनेको हो,’ उनले सम्वाददातासँग भनिन्।

प्रकाशित: १ फाल्गुन २०७४ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App