सन्दर्भ: महाशिवरात्रि

महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्य

मङ्गलबार, ०१ फागुन २०७४, १५ : ३५ नागरिक


– रिना दिदी 

आर्याव्रत भारतखण्डमा यो मुख्य मान्यता छ कि भगवान् शिवले सिर्जना र संहार गर्नुहुन्छ । भगवान् शिव ‘आशुतोष’ हुनाले चाँडै र सजिलै खुसी हुनुहुन्छ । यही भावनालाई लिएर शिवप्रति जल चढाउने र पूजा गर्ने गरिन्छ । तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पूजा गरिरहे पनि अथवा हरेक वर्ष महाशिवरात्रिमा श्रद्धापूर्वक जागृत बसी व्रत, उपवास गरे पनि मनुष्यका पाप तथा सन्तापहरू किन मेटिँदैनन् ? मनुष्यलाई मुक्ति र जीवनमुक्ति तथा शक्ति किन प्राप्त हुँदैन ? मनुष्यलाई राज्यभाग्यको अमर वरदान किन प्राप्त हँुदैन ? आखिर शिव भगवान्लाई प्रसन्न गराउने सहज विधि कुन हो ? महाशिवरात्रि पर्वको वास्तविक रहस्य के हो ? हामीले सच्चा महाशिवरात्रि कसरी मनाउने ? ‘शिव’ को ‘रात्रि’ सँग के सम्वन्ध छ ? अन्य देवीदेवताको पूजाअर्चना दिनको समयमा किन गरिन्छ– आदिजस्ता महाशिवरात्रि पर्वसँग जोडिएका प्रश्न तथा जिज्ञासाहरूका उत्तरले नै महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्यलाई प्रस्ट पार्दछ ।

महाशिवरात्रि एउटा अत्यन्त महत्वपूर्ण पर्व हो । सृष्टिका सम्पूर्ण मनुष्य आत्माहरूका पारलौकिक परमपिता परमात्माको दिव्य जन्मदिनको यादगार यो पर्व हो । सम्पूर्ण मानव आत्माले मुक्ति र जीवनमुक्तिजस्तो सर्वश्रेष्ठ गति प्राप्ती गर्नेको यादगार पनि यो पर्व हो ।

महारात्रि अज्ञानता र पापाचारको सूचक

‘शिवरात्रि’ फागुन महिनाको कृष्ण पक्षको अन्तिम रात्रि (अमावश्या) को एक दिन पहिला मनाइन्छ । यो सृष्टि अज्ञान र अन्धकारमा रहेको बेला तथा कलियुगको पूर्ण अन्त हुनुभन्दा केही वर्षपहिला धर्मको अति ग्लानि भएको समयमा परमधामबाट परमपिता परमात्मा शिव अवतरण गर्नुहुन्छ । यसकारण शिवको सम्बन्ध अज्ञानरूपी अन्धकार तथा ग्लानिरूपी रात्रिसँग जोडिएको हुनाले रात्रिको पूजालाई अधिक महŒव दिएको छ । श्री लक्ष्मीनारायण तथा श्री सीताराम आदि देवीदेवताको पूजा दिनमा गरिन्छ । यसको अर्थ श्रीनारायण र श्रीरामको जन्म क्रमशः सत्ययुग र त्रेतायुगमा भएको थियो भन्ने हो । 

आज मनुष्य आत्माहरूले भगवान् शिवको कर्तव्य नजानेका कारणले तमोगुणीको रूपमा रात्रिमा पूजा गरिएको मान्दछन् । भगवान् शिव स्वयं कल्याणकारी भएको हुँदा तमोगुण तथा विनाश र संहारको कार्य शंकरदेवद्वारा गराउनुहुन्छ । यसैको प्रतीक स्वरूप शिवलाई पापकटेश्वर, मुक्तेश्वर, पशुपतिनाथ आदि नामद्वारा सम्बोधन गरिन्छ । यसरी वास्तवमा महाशिवरात्रि पर्व परमात्मा शिव कल्पको अन्तमा मानव तनमा अवतरित भई अज्ञानता, दुःख र अशान्तिको समाप्त गर्नुभएको यादगारको रूपमा मनाइएको हो । 

अहिले पनि मनुष्य शिवरात्रि पर्वको दिन पूरा रात जागरण र उपवास बसी तमोगुणहरू– काम, क्रोध, लोभ, मोह र अहंकाररूपी विकारहरूलाई नियन्त्रण गरी भक्ति पूजापाठ गरिरहेका देखिन्छन् ।

महाशिवरात्रि पर्वको आध्यात्मिक महत्व

महाशिवरात्रि पर्वका बारेमा परमपिता परमात्मा शिवले अज्ञानरूपी रात्रिलाई संहार गर्नुभएको थियो भन्ने एउटा मान्यता र भगवान्ले अम्बा–देवी आदि शक्तिहरूबाट सम्पन्न भएर नयाँ सृष्टि रचना प्रारम्भ गर्नुभएको थियो भन्ने दोस्रो मान्यता रहेको पाउँछाैं। तर, शिव त ज्योतिस्वरूप र अशरीरी हुनुहुन्छ । त्यसैले संहार तथा नयाँ सृष्टिको रचना कोद्घारा र कसरी गराउनु भयो ? 

ज्योतिःस्वरूप परमपिता परमात्मा शिवले प्रजापिता ब्रह्माद्घारा नयाँ पावन सृष्टिको रचना–स्थापना तथा शंकरद्घारा कलियुगी तमोप्रधान सृष्टिको महाविनास गराउनु हुन्छ । कलियुगको अन्तमा ब्रह्माको तनमा प्रवेश गरी उनको मुखद्घारा ज्ञान–गंगा बगाउनुहुन्छ । यसै कारणले शिवलाई‘गंगाधर’पनि भनिन्छ । साथै, ज्ञान–अमृत प्रदान गर्ने भएकाले ‘सुधाकर’ पनि भनिएको छ ।

 प्रजापिता ब्रह्माको मुखद्घारा शिवले दिएको ज्ञानरूपी गंगामा स्नान गर्ने वा ज्ञानसुधा (अमृत) पान गर्नेहरू शिव–शक्ति, अम्बा, सरस्वती, देवी, कन्या, माता आदि नामबाट प्रख्यात रहेका छन् । यी चैतन्य ज्ञान–गंगाहरू अथवा ब्रह्माका मानस पुत्रीहरू शिवको आदेश अनुसार यस पवित्र भारत खण्डका जन–जन र मनहरूलाई ज्ञानद्वारा पावन गराउने कर्ममा अहोरात्र कृयाशील भइरहेका छन् । नारी तथा माताद्वारा ‘नारीश्वर’ को रूपमा ज्ञान–गंगा बनेर मनुष्यका विकाररूपी हलाहल–विष आफूले ग्रहण गर्दै ‘मुक्तेश्वर’ को रूपमा मानव आत्माहरूलाई शरीरबाट मुक्त गराई उनीहरूलाई मुक्ति तथा जीवनमुक्तिको वरदानद्वारा सहयोग र कल्याण गरी शिवलोक–परमधाममा लैजाने कर्म गर्दछन् । 

यसप्रकार महाशिवरात्रि एउटा अत्यन्त महŒवपूर्ण पर्व हो । सृष्टिका सम्पूर्ण मनुष्य आत्माहरूका पारलौकिक परमपिता परमात्माको दिव्य जन्मदिनको यादगार यो पर्व हो । सम्पूर्ण मानव आत्माले मुक्ति र जीवनमुक्तिजस्तो सर्वश्रेष्ठ गति प्राप्ती गर्नेको यादगार पनि यो पर्व हो । मनुष्यलाई देवीदेवता बनाउने, देवहरूका पनि देव, धर्मपिताहरूका पनि पिता, सद्गतिदाता, परमप्रिय, परमपिता परमात्माको यो दिव्यजन्म स्मरणोत्सव वा शिवजयन्ती नै सम्पूर्ण जयन्ती वा उत्सवको तुलनामा सर्वोत्कृष्ट मानिएको छ । तर, परमात्मा शिवको यथार्थ परिचय, नाम, रूप, कर्तव्य आदिको सही ज्ञान प्राप्त नहुनाको कारणले मनुष्यहरूले आ–आफ्नो धर्म–सम्प्रदायको नाममा लडाइँ–ईष्र्या गरी शिवजयन्तीको महŒवलाई हाल न्यूनता गराए पनि यस सृष्टिका सबै मुनष्य आत्माहरूले यस महान् पर्वलाई अति–उत्साह र धूम–धामले मनाउनुपर्दछ । 

सच्चा शिवरात्रि मनाउने रीति 

अहिले पनि मनुष्य शिवरात्रि पर्वको दिन पूरा रात जागरण र उपवास बसी तमोगुणहरू– काम, क्रोध, लोभ, मोह र अहंकाररूपी विकारहरूलाई नियन्त्रण गरी भक्ति पूजापाठ गरिरहेका देखिन्छन् । तर, जबसम्म मनुष्यले यी पाँच विकाररूपी आसुरी संस्कारलाई पूूर्ण रूपमा त्याग गर्न सक्दैनन् र ब्रह्मचार्य ब्रत पालना गर्न सक्दैैनन् वा तबसम्म उनको आत्माको पूर्ण जागृतीपना वा सतोप्रधान हुन सक्दैन । आत्मा पूर्ण जागृत नहुँदासम्म भगवान् शिव प्रसन्न हुनुहुन्न । किनकि शिव स्वयं ‘कामारि’ (काम विकारको शत्रु) हुनुहुन्छ । यसअर्थ विकारहरू माथि विजय प्राप्त गरी सम्पूर्ण मनुष्यले शिवजयन्ती पर्व तथा व्रत एक दिन मात्र नगरी वर्षभरि नै नित्य गनुपर्दछ । किनकि, वर्तमान समय परमात्मा शिव र हामी आत्माहरूको मिलनको क्षण संगमयुग हो र धर्तीमा परमात्मा अवतरण गरी हामी सम्पूर्ण मनुष्य आत्माहरूलाई प्रायः लोप भएको भगवान्ुवाचः सच्चा श्रीमद्भागवत् गीताज्ञान तथा राजयोग विद्या सिकाइरहनुभएको छ । परमात्माद्वारा एकातिर कलियुगी सृष्टिको महाविनाशको सामाग्रीहरू— एटम, हाइड्रोजन, परमाणु बम तथा मिसाइलको रूपमा शस्त्र–अस्त्रहरू तयार गराइराख्नुभएको छ भने अर्कोतिर नवविश्व निमार्णको कर्तव्य पनि सम्पादन गरिरहनुभएको छ । मनुष्य आत्माहरू परमात्माको महाव्रत ‘शिवव्रत’ गरेर यस संसार रूपी विषय सागरबाट तर्नको लागि आध्यात्मिक ज्ञान र राजयोग विद्या अवलम्बनद्वारा ‘तारक मन्त्र’ को रूपमा धारण गरी विजय प्राप्त गर्दै यस आसुरी कलियुगी विनाशी संसारबाट मुक्त भएर परलोक, शिवलोक, परमधाम वा ब्रह्मलोकमा जान्छन् ।

निष्कर्षतः यो वर्ष परमात्मा शिव यस धर्तीमा अवतरित हुनुभएको ८१ वर्ष पूरा भइरहेको छ । परमात्मा शिवले ईश्वरीय ज्ञान र राजयोगको शिक्षाद्वारा सबै मनुष्य आत्माहरूलाई पावन बनाइरहनुभएको छ । यस अवसरमा, आउनुहोस् ! हजुरले पनि परमात्मासँग सच्चा महाशिवरात्रि पर्व मनाएर जन्म–जन्मान्तरको निम्ति आफ्नो भाग्यलाई श्रेष्ठ बनाउनुहोस् । 

(रिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रमा संलग्न छिन्)

महाशिवरात्रि र शिव 

–शिवप्रसाद गौतम

हिन्दू धर्म मान्नेहरूका तीन प्रधान देवता– ब्रह्मा, विष्णु र महादेवमध्ये संहारकर्ताको प्रतीक मानिएका प्रसिद्ध देवता, रुद्र, महादेव, शम्भु, पशुपति आदि सहस्रनामले पुकारिने भगवान्को नाम शिव हो । शिव शब्दको अर्थ– मंगल, कल्याण, आनन्द हो । भगवान् शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रत उपवास आदि बसिने, फागुन कृष्णचतुर्दशी तिथिको रात, शिव चतुर्दशी शिवरात्रि हो । भगवान् शिव खराब कामको संहारक हुन् । ब्रह्मा सृष्टिकर्ता हुन्, विष्णु भगवान् पालनकर्ता हुन् भने नेपाल राष्ट्रका आराध्यदेव भगवान् पशुपतिनाथ संहारकर्ता हुन् । सत्य, द्वापर, त्रेता र कलि चारै युगमा संकट आइपरेका बखत देवता र मानवले संकटनाश गर्नका लागि पूजाआजा गरिने, प्रार्थना गरिने देवताका पनि देवता देवाधिदेव महादेव हुन् । यो संसारमा देवताहरूलाई दुःख दिने दानवहरूबाट मुक्ति पाउन देवताहरूले भगवान् शिवको प्रार्थना गरेर मुक्ति पाएका उदाहरणहरू हाम्रा धर्मशास्त्रहरूमा प्रशस्त छन् । भक्तहरूको प्रार्थनाबाट चाँडै नै प्रशन्न भएर वरदान दिने देवताको रूपमा भगवान् शिव मानिनुहुन्छ । त्यसैले मानिसहरू भगवान् शिवको आराधना गर्दछन् । दुष्टहरूको नाश र साधुसन्त आफ्ना भक्तहरूको शीघ्र रक्षा गर्ने भगवान् शिव नै हुन् । यस्ता उदार हृदयका खानी देवादिदेव देवताका पनि देवताको निवास नेपाल हिमालय पर्वतमा हो । त्यसैले भगवान् शिवलाई कैलाशपति भनिन्छ । यिनै कैलाशपति शिव शंकर भोलेबाबा नेपाल राष्ट्रका संरक्षक हुन् ।

फागुन कृष्ण चतुर्दशीका दिन काठमाडाैंको पशुपतिनाथ तथा अनेत्रका नेपाल राज्यभरि रहेका शिव मन्दिरहरूमा शिवरात्रिको उपलक्ष्यमा मेला लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन काठमाडांैको पशुपतिनाथ तथा अनेत्रका नेपाल राज्यभरि रहेका शिव मन्दिरहरूमा शिवरात्रिको उपलक्ष्यमा मेला लाग्ने गर्दछ । काठमाडांै टुँडिखेलमा सेनाद्वारा शिवरात्रिको बढाइँ गर्ने परम्परा छ । यस रातमा शिव धुनी लगाउने र ताप्ने चलन छ । यो दिन राष्ट्राध्यक्षबाट पनि पशुपतिनाथ भगवान्को पूजा आराधना गर्ने परम्परा छ । देश र देशवासीहरूको कल्याणका लागि राष्ट्राध्यक्षले भगवान् पशुपतिनाथको पूजा गरी वरदान माग्ने परम्परामा हाल आएर आँच आएको महसुस भएको छ । यसैले गर्दा देशमा दैवी विपत् बाढी, पहिरो, भूकम्प, खडेरी परेर र भ्रष्टाचार अनैतिक कर्म आदि बढ्दै गएको हो कि भन्ने जनअनुभूति बढ्दै गएको छ । अर्थात् धर्म लोप र अन्याय हाबी भएर जनता विचलित भएको अवस्था पनि छ । देशभरि धार्मिक मठमन्दिर बनिरहेका छन् । यज्ञ महायज्ञ पनि भएका छन् तर पनि देशका जनताले धार्मिक कृत्यबाट शान्तिको सास फेर्न पाएको अवस्था छैन । राज्यको शासन बागडोर सम्हाल्नेहरू नास्तिक भए भने देश र जनताको अधोगति हुन्छ । अहिले यस्तै भएको छ । जुन कुरा धारण गर्नाले आफ्नो पनि कल्याण हुन्छ र अरूको पनि कल्याण हुन्छ त्यही धर्म हो । जनता मात्र धर्मात्मा भएर देशको विकास हुँदैन, राजनेताहरूमा पनि धर्मप्रति आस्था हुनुपर्छ । अहिले भगवान् पशुपतिनाथको नेताहरूले उपेक्षा गरेको अवस्था छ । त्यसैले देश र जनता शान्तिको महसुस गर्नबाट वञ्चित भएका छन् । आध्यात्मिक चिन्तन नभएका भौतिकवादी चिन्तक, नेता र प्रशासकले गर्दा नेपाली जनताले दुःख पाएको वर्तमान अवस्था छ । आज महाशिवरात्रिको पर्व हामी नेपाली जनताले नेपालको नेताहरूका नास्तिक प्रवृत्ति आध्यात्मिक प्रवृत्तिमा परिणत होस् भनी प्रार्थना गर्नु बाहेक अर्को विकल्प छैन । आध्यात्मिक विनाको भौतिकवादले नेपालमा हुने वाला केही छैन । शिवजीको वास भएको लोक कैलाश शिवलोक हाम्रो नेपाल हो । कैलाशमा भगवान् शिव छन् ।

कैलाशमा शिवजी छन् छन् त ।

भक्ति गरे दर्शन मिल्छ गरी हेर त ।

आफ्ना श्रद्धालु भक्तजनप्रति दया गर्ने भक्तवत्सल भगवान् पशुपतिनाथ हुनुहुन्छ । ईश्वर वा देवी देवता प्रति हुने निष्ठा, आस्था वा पूजा भक्ति हो ।

कर्पुर गौरम करुणा अवतारम् संसार सारभ भुज गेन्द हारम्

सदा वसन्तम हृनयार विन्दे भवम् भवामी सहितम नमामी ।

००

आत्मा त्वम् गिरीजा मति सहचरा प्राणा शरीरम् गृहम्

पूजाते विषयोपभोग रचना निद्रा समाधि स्थिति

सचार पदयो प्रदक्षिणा विधि तोत्राणि सर्वा गिरो

यद यद कर्मकरोति तत्तत खिलन शंभो तवारा धनम् ।

आज पशुपतिनाथ परिसरमा ठूलो मेला लाग्छ । भारतबाट समेत श्रद्धालु भक्तजनहरूको आगमन हुन्छ । पशुपति धार्मिक विकास समितिले भगवान् पशुपतिनाथको दर्शन गर्न राम्रो व्यवस्था गरेको छ । श्रद्धालु भक्तजनहरूको विशाल जमघट हुन्छ । अघोरी बाबाहरू पनि आउँछन् । समितिले बाबाहरूलाई आतेजाते खर्च पनि दिने गर्दछ । पशुपतिनाथको कोषबाट ऐतिहासिक कालदेखि राज्यको आर्थिक समस्या समाधान पनि भएका छन् । वि.सं. १९८२ वैशाख १ गतेदेखि तत्कालीन चन्द्रशमशेरद्वारा नेपालमा दास प्रथाको उन्मूलन गर्दा पुशपतिनाथको सञ्चित धन उपयोग गरेका थिए । त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा–कमारीको थर शिवभक्त रहन गएको हो । करिपाहरूलाई पार वा स्वतन्त्र गरिदिने काम, कमारा–कमारीको छुट्कारा, दासत्व मोचनको अर्थ अमलेख हो । नारायणी अञ्चल अन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती, अमलेख गरिएका व्यक्तिहरूका निम्ति बसाइएको बस्ती प्राचीन समयको ‘भिक्षाखोरी’ लाई अमलेखगञ्ज भनिन्छ । वर्तमानमा पनि देशमा आर्थिक समस्या परे पशुपतिनाथको कोषबाट काम चलाउने परिपाटी छ ।

शिवरात्रि पर्व मनाउन सरकारले सरकारी कार्यालयहरूलाई बिदा दिएर बिदा बसेर मनाउने प्रचलन राम्रो होइन कार्यालयमै शिव कीर्तन गरेर मनाउन सके भक्ति गरेको सार्थक हुन्छ । जनताले त भक्ति भाव हुनेले भगवान् शिवको पूजाआजा गरेर मनाएका छन् । यो कार्यलाई सरकारले पनि कार्यान्वयन गरेमा देशमा शान्ति स्थापना र विकास निर्माणमा टेवा पुग्ने सुनिश्चित हुन्छ ।

देवता र राक्षसले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले सर्वनाश गर्ने परिस्थिति सृजना हुँदा यसलाई नियन्त्रण गरी देवता र दानव समेतको कल्याणका लागि त्यो विष भगवान् शिवले ग्रहण गर्नुभएको र त्यसलाई घाँटीमा राख्नुभएकाले नीलकण्ठ नामले पनि पुजिनुहुन्छ । अर्थात् शिवको अर्थ कल्याणकर्ता हो । विषलाई गलामा धारण गर्ने शिव भगवान्का धुम्रपानका साधनहरू गाँजा, भाङ, धतुरो हुन् । गाँजालाई शिवबुटी पनि भनिन्छ । आजकलका केही युवायुवती गाँजा, चरेस, भाङ, धतुरो भगवान् शिवले त खाएका छन् भने हामी किन नखाने भनेर मनपरिसँग लागूपदार्थ सेवन गर्दछन् र समाजमा संरक्षण होइन आतंक मच्चाउँछन् । भगवान्ले त सही किसिमले ग्रहण गरेर पचाउनुहुन्छ भन्ने यिनीहरूलाई महसुस भएको छैन । सरकारले प्रतिबन्ध लगाए पनि लुकीछिपी उत्पादन र उपभोग भएको छ । भगवान् शिवको वस्त्र बाघको छाला, सर्पको माला र खरानी हुन् ।

भगवान् शिवको शिवरात्रिका दिन उपवास बसेर चन्दन, अक्षता, फूल, बेलपत्र, प्रसाद, फलफूल, भाङ, धतुरो, शुद्ध गंगा जल, गाईको दूध चढाएर भक्ति भावपूर्वक श्रद्धालु भक्तजनहरूले पूजा गर्दछन् । यो दिन रुद्री शिवलिङ्गमा अविच्छिन जलधाराले पूजा गरिन्छ । भक्तजनहरू भजन कीर्तन गरेर धुनी लगाएर उखु पड्काएर रातभर जाग्राम बसेर भगवान् शिवको विशेष तवरले पूजा आराधना, भजन कीर्तन गर्दछन् । शिव पुराण पनि भन्ने गरिन्छ । भगवान् शिवको मात्र होइन उहाँका परिवारका सदस्य उहाँकी श्रीमती पार्वती, छोराहरू गणेश, कुमार, साँढे नन्दीको पनि ठूलो महिमा छ । प्रत्येक सोमबार, श्रावण महिनाका पाँच सोमबार पनि बोलमबको माध्यमबाट भगवान् शिवको आराधना गरिन्छ । ॐ नमः शिवाय ।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

जब लाग्यो माण्डवीको मात...

जब लाग्यो माण्डवीको मात...

साँझ झमक्कै पर्नै आँटिसकेको थियो। दर्जन बढी कलाकारहरुको प्रस्तुती हेरी भ्याएका दर्शकहरुमा माण्डवी त्रिपाठीको प्रस्तुती हेर्ने हतारो देखिन्नथ्यो । झमक्कै...

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत...

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो।...

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा...