८ वैशाख २०८१ शनिबार
अर्थ

‘बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भौतिक सम्बन्ध विस्तार मात्र नभएको बताएका छन्।

बिआरआईले वैचारिक, व्यापारिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउने उनको धारणा छ । ‘बिआरआईको अवधारणा बृहत् छ,’ सोमबार नेपाल–चीन उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘यसबाट लाभ लिन सरकार, निजी क्षेत्र तथा बौद्धिक वर्ग सबैको भूमिका महत्वपूर्ण रहन्छ।’  

नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले बिआरआई अवधारणा चीनले सुुरु गरेको भए पनि हाल यसमा सहभागी सबै मुलुकको साझा अवधारणा भइसकेको बताइन् । उनले बिआरआई यसमा सहभागी मुलुकबीचको साझा मञ्च भएको बताइन् । चीन र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई बिआरआईको माध्यमबाट अझ सुमधुर बनाउने चाहना आफ्नो मुलुकको भएको उनको भनाइ छ।

संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिआरआईमा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन नेपालले आन्तरिक रुपमा तयारी गर्नुपर्ने बताए । ‘नेपालले सडक, रेलमार्गलगायत पूर्वाधारमा लगानी भित्र्याउन विशेष पहल गर्न जरुरी छ,’ उनले भने, ‘छिमेकी मुलुकहरु चीन र भारत तथा दक्षिण एसियाली राष्ट्रबीच पुलको रुपमा आफूलाई स्थापित गर्न सक्नुपर्छ।’ कार्यक्रमको दोस्रो चरणमा विभिन्न विज्ञबाट प्रस्तुत कार्यपत्रमाथि छलफल गरिएको थियो।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App