७ वैशाख २०८१ शुक्रबार
अर्थ

रारा प्रवद्र्धन गर्न युथ क्याम्प

काठमाडौं – प्रदेश नम्बर ६ को मुगुस्थित रारा तालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न ‘युथ इन्टरनेसनल क्याम्प २०१८’ हुने भएको छ । देशको नयाँ संरचना अनुसार सातै प्रदेशका युवा सहभागी रहने युथ क्याम्पले रारालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने बताइएको छ।

लियो क्लब अफ जिल्ला परिषद ३२५ बी टूले पर्यटकीय दृष्टिकोणले समृद्ध रहेको राराक्षेत्रलाई प्रवद्र्धनका लागि प्रथमपटक रारामा युथ क्याम्प गर्न लागेको हो । लियो डिस्ट्रिक जिल्ला परिषदका प्रथम उपाध्यक्ष तारा गुरागाईंले रारामा आन्तरिक तथा बाह्य पर्यटक बढाउन युथ क्याम्प गर्न लागेको बताए।

‘युवाहरुले प्रर्यटन प्रवद्र्धनका लागि यो प्याकेज बनाएका छौं । रारा पुगेर सामाजिक सञ्जालबाट यसको प्रवद्र्धनमा सहयोग गर्नेछौं,’ लियो गुरागाईंले भने, ‘राराको अन्तराष्ट्रिय तहमा रिपोर्टिङ गर्नुका साथै प्रवद्र्धन गर्ने अभियान हो।’

उनका अनुसार लियोले गर्न लागेको युथ क्याम्पमा विभिन्न क्लबका एक सयभन्दा बढी युथ सहभागी हुनेछन् । ‘उनीहरु रारा प्रवद्र्धनका लागि दूतको रुपमा नियुक्त हुनेछने,’ उनले भने।
 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App