७ वैशाख २०८१ शुक्रबार
राजनीति

मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सेना सधै तत्पर रहेको बताएका छन्।

नेपाली सेना दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै क्षत्रीले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न सेनाले सधै अहम भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। 

‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राखिने छैन’ क्षत्रीले भनेका छन्– ‘नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरूको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर छ।’

उनले सैनिक सामग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमा नै उत्पादन गर्दै जाने लक्ष्य अनुरुप समय सापेक्ष पहिरन, सामग्री, शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकीकरण गर्दै लगिएको जानकारी दिएका छन्।

प्रकाशित: २९ माघ २०७४ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App