७ वैशाख २०८१ शुक्रबार
राजनीति

२३औ‌ं जनयुद्ध दिवसमा मोहन वैद्यले भने 'क्रान्तिकारी कम्युनिष्ट एक बनौ'

फाइल तस्बिर:नागरिक

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।

तेइसौँ जनयुद्ध दिवसका अवसरमा सोमवार शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताएका छन् । 

दश वर्षको जनयुद्धकाबीचबाट जन्मिएको संविधानसभाले संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको भन्दै यसले देश र जनताको सपना साकार हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । 

वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको महासचिव वैद्यले आरोप लगाएका छन् ।जनयुद्ध दिवसको अवसरमा जनयुद्धका अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि, बेपत्ता योद्धाको स–सम्मान संस्मरण र जनयुद्धमा घाइते अपांग बनेका सम्पूर्ण योद्धाप्रति महासचिव वैद्यले सम्मान प्रकट गरेका छन्।(रासस) 

प्रकाशित: २९ माघ २०७४ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App