८ वैशाख २०८१ शनिबार
कला

‘चितवन मेरो माइती’

चितवन – कोहिनूर’पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माइतीघर रहेको बताएकी छिन् । ‘कान्छी’ निर्माण गरेर देश दौडाहामा निस्किएकी श्वेताले आइतबार चितवनमा पत्रकारसँग साक्षात्कार गर्दै आफ्नो अभिनय यात्रा चितवनबाटै सुरु भएकाले आफूलाई यो ठाउँ माइती जस्तै लाग्ने बताएकी थिइन् । 

‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माइतीघर भन्न रुचाउँछु,’ श्वेताले भनिन् ।  श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’को छायाँकन चितवनमा गरिएको थियो । स्व.शिव रेग्मी निर्देशित उक्त फिल्ममा श्वेताको अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । स्व.निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन आउँदा श्वेताले सम्झिइन् । ‘श्वेताको कान्छी धेरै सफल होस् । यसैगरी हिम्मत गरेर अगाडि बढ्नु,’ ज्ञानुले भनिन् ।

फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कान्छी’प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्कासँगै भिनेता दयाहाङ राई चितवन आइपुगेका थिए । चितवस्थित भरतपुरमा गरिएको प्रेसमिटमा ‘कान्छी’ले दर्शकलाई दयाले विश्वास दिलाए ।

अभिनेता दयाले ‘कान्छी’ समसामयिक कथावस्तुमा राम्रो फिल्म बनेको बताए । उनले भने, ‘सानो सपना र ठूलो दुःख भोगाइ नै कान्छी हो । यो पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो,’ दयाले भने ।  आकाश अधिकारी निर्देशित फिल्म युनिटसँग काम गर्दा रमाइलो र सजिलो लागेको अनुभव पनि दयाले सुनाए । यम थापाको स्क्रिप्ट रहेको फिल्ममा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, नायिका अनु शाहसँगै कलाकारहरू कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठलगायतको अभिनय रहेको छ ।राजनराज सिवाकोटीको संगीत रहेको ‘कान्छी’को ‘चरी चट्ट परी’ बोलको गीत हिट भैसकेको छ भने अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी’ बोलको गीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रकाशित: २९ माघ २०७४ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App