७ वैशाख २०८१ शुक्रबार
कला

बबिनाको ‘मर्निङ द बिगिनिङ’ सार्वजनिक

‘मर्निङ द बिगिनिङ’ विमोचनका क्रममा गायिका बबिना किराती (बीचमा) लगायत । तस्बिर सौजन्य : फेसबुक

खोटाङ – खोटाङकी गायिका बबिना राईको पहिलो गीतिएल्वम ‘मर्निङ द बिगिनिङ’ बजारमा आएको छ । नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत बबिनाको ७ वटा गीत समावेश पहिलो एल्बम बिहीबार साँझ सार्वजनिक गरिएको हो। 

संगीतकार डिआर अटुको एकल संगीत रहेको एल्बममा ‘माथि–माथि हिमाली भेगमा, साईला, टाढा थिएँ, मुटुभित्र, बिन्दास, शुन्या भाछ र भुर–भुर,’ बोलको गीत समावेश छ । एल्वममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द तथा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ । नेपाली साहित्य समाज दक्षिण कोरियाको दोश्रो प्रस्तुतीकारुपमा बबिनाको एल्बम बजारमा आएको हो। 

हालसम्म ३० वटाभन्दा बढी गीतमा स्वर दिइसकेकी बबिनाले भारतको ईलाहाबादबाट पाँच वर्षको अध्ययनपछि संगीतमा डिप्लोमा उत्तिर्ण गरेकी छिन् । छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बबिना साहित्यकार जसराज किरातीकी छोरी हुन् । 
 

प्रकाशित: २८ माघ २०७४ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App