coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ३को उपसभामुखमा राधिका तामाङ निर्विरोध

काठमाडौँ – प्रदेश नम्बर ३को उपसभामुखमा माअाेवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । काँग्रेसको तर्फबाट कसैले पनि उम्मेद्वारी दर्ता नगराउने भएपछि उनी निर्विरोध उपसभामुख भएकी हुन्।

उनको एमाले ३ नम्बर प्रदेशका संसदीय दलका नेता डोरमणि पौडेलको प्रस्ताव तथा नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशका संसदीय दलका उपनेता कुमारी मोक्तानको समर्थनमा उपसभामुखका लागि  मनोनयन दर्ता भएको छ। 

नेपाली काँग्रेस तीन नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाले आफ्नो तर्फबाट कुनैपनि उम्मेद्वारी नरहेको बताएका छन्। 

उनी बाहेक अरु कसैको पनि उम्मेद्वारी दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनलाई आज २ बजे बस्ने प्रदेशसभाको बैठकले उपसभामुख घोषणा गर्नेछ। 

प्रकाशित: २८ माघ २०७४ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App