८ वैशाख २०८१ शनिबार
कला

प्याडम्यानको कमाईबाट अक्षयकुमार असन्तुष्ट ?

मुम्बई– बलिउडका स्टार अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। सामाजिक चेतनाले भरिपूर्ण रहेको फिल्मले बक्स अफिसमा पहिलो दिन १०.२६ करोड कमाई गरेको छ।

रिलिज हुनुपूर्वनै चर्चामा रहेको फिल्मको यो व्यापारबाट निर्माण पक्ष भने सन्तुष्ट छैन। निर्माणपक्षले फिल्मको शुरुको दिनको बक्स अफिस कलेक्सन १२ देखि १५ करोडको आँकलन गरेको थियो। फिल्म समिक्षकले बताएअनुसार फिल्मले आगामी दिनमा आफ्नो कलेक्सन अब्बल पार्दै लानेछ।

अक्षय कुमार, सोनम कपूर तथा राधीका आप्टेको अभिनय रहेको फिल्म अरुणाञ्चलम् मुरुगानानमको जीवनबाट प्रेरित छ। अरुणाञ्चलम्ले न्युन शुल्कमा स्यानिटरी प्याड निर्माण गरेर गाउँले महिलाहरुलाई सहयोग गरेका थिए। यस कार्यको प्रशंसा गर्दै भारतले उनलाई पद्मश्री पुरस्कारद्धारा सम्मानित गरेको थियो।

फिल्म भारतका २३०० देखि २५०० सिनेमा भवनहरुमा एकसाथ प्रदर्शन भइरहेको छ। अक्षयले आफ्नो फिल्म जनवरी २५ मा दीपिकाको ‘पद्मावत’ भिड्ने भएपछि फ्रेवुअरी ९ मा सारेका थिए।  

प्रकाशित: २७ माघ २०७४ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App