७ वैशाख २०८१ शुक्रबार
ब्लग

नेपाल वायुसेवा निगम र जापान गन्तव्य

नेपाल वायुसेवा निगमले  आफ्नो ६० बर्ष लामो इतिहाँसमा विभिन्न उतारचढाब ब्यहोरेको छ। विभिन्न अनुभव बटुल्दै डकोटा बिमानबाट शुरु गरेको आफ्नो सेवा फाङ्सुहार्भेष्टर, पिलाटस पोर्टर, फोकर फ्रैण्डसिप, एच एस ६४८ एभ्रो, ट्वीनअट्टर, बोइङ ७२७, ७५७ हुँदै एअरबस ए ३२० सम्म आइपुगेको छ।

अन्तर्रा्ष्ट्रिय उडान गन्तव्यमा सन् १९६० को दशकमा डकोटा विमानमार्फत भारतका केहि शहरहरु हुँदै शुरु गरेको आफ्नो यात्रा १९७२ माबोइङ ७२७ र १९८७ मा बोइङ ७५७ सिरिज बिमानको खरिद सँगै १९९० को दशकमा युरोपका बिभिन्न सहरका साथै पूर्वी एशिया अर्थात चीनको सांघाइ हुँदै जापानको ओसाकासम्म आफ्नो उडान भरेको थियो।

असीको अन्तिम दशकताका साना र ठूला गरेर करीव २१ वटासम्म विमान संख्या रहेको निगममा हाल आएर आन्तरिक उडानका केहि साना विमानसँगै दुईवटा १ सय ५८ सिट क्षमताको न्यारोबडीका एअरबस (ए ३२०-२००) र दुई वटा १ सय ९० सिट क्षमताको बोइङ (बोइङ ७५७) रहेकोमा दुई एयरबस र एउटा बोइङ जहाजमार्फत छोटो दुरी (सर्ट-हउल) का आठ गन्तव्यमा अन्तर्रा्ष्ट्रिय उडान गरिरहेको छ भने एउटा ग्राउन्डेड बोइङ लिलाम बिक्री प्रक्रियामा केहि महिना अघि बीबी एयरवेजलाई बिक्री गरिसकेको छ।

नेपाल वायु सेवा निगमले सन् २०१६ नोभेम्बर २६ मा ४५ दिने म्याद राखेर विमान खरिद गर्न ग्लोबल टेन्डर आह्वान गरेकोमा अमेरिकी कम्पनी एएआरले १० कम्पनीलाई पछि पार्दै ‘ब्रान्ड न्यू’ जहाज दिने गरी ग्लोबल टेन्डर जितेको थियो। त्यस अनुरुप नेपाल वायु सेवा निगम र अमेरिकाको एएआर कम्पनीबीच गत सन् २०१७ को जनवरी २७ अर्थात २०७३ माघ १४ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यहि सम्झौता अनुरुप हाल खरिद प्रक्रिया अन्त्यमा पुगेर अबको केहि महिनामा वाइड(बडी जहाज आउने कुरा जनाइएको छ।

निगमले लामो दूरी (लङ-हउल) मा अन्तर्रा्ष्ट्रिय उडानका लागि ल्याउन लागेको २ सय ८० सिट क्षमताको दुईवटा नयाँ एयरबस (वाइडबडी ए३३०-२००) जहाजले विशेष गरी पर्यटक लक्षित शहरहरुलाई लक्षितगर्दै र जापानको ओसाका, साउथ कोरिया, युरोप, अष्ट्रेलिया, लण्डनलगायत ५ देशमा यसले उडान भर्ने बताइएको छ। उक्त जहाजए ३३०–२०० ले एकतर्फी सिधा नौदेखि दश घण्टा ‘नन स्टप’उडान गर्नसक्नेछ। हाल निगमले एउटा बोइङ र दुइवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३र३ र दुबई, दोहामा ४र४ वटा उडान गरी कूल् ३७ वटा उडान भर्दै आएको छ।

विगतमा बेलायतको लण्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ-हल गन्तव्यमा उडान गरिसकेको निगममा सीमित संख्यामा जहाज हुनु, भएका पनि विविध प्राविधिक समस्याले ग्राउन्डेड भई नियमित उडानमा समस्याआउनु, उडानकै क्रममा प्राविधिक समस्या आई रिप्लेस गर्ने जहाज नहुनु, समयमा उड्न नसक्नु आदि कारण सहित लामो दुरीका उडानहरु एक पछि अर्को गर्दै उक्त गन्तव्यका उडानहरु बन्द भएका थिए ।

निगमले करीव ३० बर्षको अन्तरालमा वाइडबडीको खरिदसँगै लङहउलका गन्तव्यहरु जापान लगायत दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबियामा उडान भर्ने निगमको उदघोषले जापानका ट्राभल कम्पनीहरु, नेपालमा रुची राख्ने जापानीका साथै आफ्नै देशको राष्ट्रिय ध्वजावाहक बिमानमा गर्वका साथ जापान- नेपाल यात्रा गर्न पाउने आशाले जापानमा बस्ने नेपाली समुदाय उत्साहित भएका छन् भने जापान(नेपालबीच  रिक्त रहेको सिधा उडानको कनेक्टिभिटीले नेपालको पर्यटनमा अवश्य पनि फरक परिणाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने कुरामा सबै आशावादी छन।

१९९४ देखि काठमाडौं - सांघाइ - ओसाका (जापान) को हप्ताको दुईउडान भरिरहेको निगमले सन् २००८ मा जहाजको कमीको कारण देखाउँदै एकाएक उडान बन्द गरेको थियो भने धेरै लामो समय देखि जापानमा बस्नु भै विगतमा नेपाल वायुसेवा निगमको ओसाका- काठमाडौंको सेवा लिनुभएका पुराना व्यक्तित्वहरुको साथै नेपालमा निगमको उडानको टुर प्याकेज बेच्ने गरेका ट्राभल एजेन्सीहरु फ्लाइट अक्कुपेन्सी निकै कम भएको कारण पनि निगमले उडान बन्द गर्नुपरेको हुन सक्ने बताउँछन।

विगतमा जे जस्तो कारणले सेवा बन्द भएता पनि निगमको यो घोषणाले अव नयाँ शिराबाट हेर्नुपर्ने अवस्था देखिन्छ। नयाँ योजना, व्यबस्थापन एवं नयाँ प्रडक्ट सहित आएको अवस्थामा विगतको तुलनामा निकै माग भएको राष्ट्रिय ध्वजावाहक जहाजको सिधा उडानले जापान गन्तव्यमा प्रभावकारी रुपमा सफलता पाउने कुरा २०१५ मा एअर बसले लिएको जापान-काठमाडौंको एअर ट्राफिक सर्वेक्षणले पनि ठूलो संभावना देखाएको छ। जस अनुसार २०२० सम्ममा जापान (नारिता र खान्साइ एअरपोर्ट) बाट नेपाल उड्ने यात्रीको संख्या २०१५ को तुलनामा ७७५ बढ्ने अनुमान गरिएको थियो।

त्यसको साथै नेपाल वायुसेवा निगमको बजार पक्षलाई हेर्ने हो भनेपनि सन् २००८ तिर जापानमा ७र८ हजारको संख्यामा रहेका नेपालीहाल (सन् २०१७) आएर करीव ७० हजारको हाराहारी पुगेको र बिभिन्न तथ्यांक अनुसार जापानीहरुको एसियन देशहरुको भ्रमणमारुची बढिरहेको अवस्थामा पक्कै पनि निगमले प्रतिस्पर्धात्मक मुल्य सहित गुणस्तरीय सेवा ल्याउन सकेमा अक्कुपेन्सीमा समस्या नहोला। त्यसैले निगमको जापान मार्केट विगतको अवस्था भन्दा निकै सम्भावना बोकेको र ठूलो परिमाणमा रहेको डिमान्डिङ मार्केट बन्न पुगेको छ। जस्तो कि:

✍ जापानमा बस्ने नेपाली संख्या नै लगभाग ७० हजारको हाराहारीमा छ र अझ बढ्ने क्रम जारी।

✍ हाल नेपाल जापान सेक्टरमा एउटा पनि सिधा उडान नहुनु र उच्चमाग ।

✍राष्ट्रिय ध्यजावाहक विमानको माग हुनु ।

✍अन्य प्रतिस्पर्धी एयर लाईन्सले डाइरेक्ट सेवा दिन नसक्नु ।

✍ जापानीहरुको बिगतको तुलनामा एशियन देशहरुको भ्रमणको ट्रेन्ड बढ्नु ।

✍ न्यु प्रडक्ट अथवा नयाँ विमानको साथ पुन(सेवामा आगमनहुँदा गुणस्तरीयतामा बिश्वसनीयता ।

✍ सातामा ३ उडान हुने भएको हुँदा सेवा उपभोगमा सहजता ।

यी विविध पक्षहरु निगमका लागि जापान मार्केटमा बलिया पक्षहरुहुन सक्छन।

जापानीहरुको बिशेषतास् जापानीहरु साना साना पक्षहरुमा पनि निकै संवेदनशील हुन्छन। त्यसैले जापान मार्केट अन्य देशको तुलनामा एउटा छुट्टै बिशेषता भएको मार्केटको रुपमा लिइन्छस र यो परिवेशमा निगमले आफ्नो सेवालाई गुणास्तरीय, चुस्त र दिगो बनाउन केही कुरामा विशेष सजग हुन जरुरी देखिन्छ।

जापानीहरु हरेक सेवा लिंदा वा दिंदा समयको ख्याल, मुल्य तिरेअनुसारको गुणस्तरियताको अपेक्षा गर्ने गर्दछन। कुनै कुराको टिका(टिप्पणी गर्दा तुरुन्तै वा प्रत्यक्षरुपमा नगरेर सोसियल मिडिया वा अनलाईन ब्लगहरुमा गएर लेखिदिने गर्छन र अन्य व्यक्तिहरुले कुनै सेवा लिनुपूर्व वा बस्तु किन्नुपूर्व अरुले त्यो बारेमा के(कस्ता कुरा लेखेको छन् वा प्रतिक्रिया ब्यक्त गरेका छन् भनेर अनलाईनमा खोजेर हेर्ने गर्छन र सोही सकारात्मक वा नकारात्मक कमेन्ट अनुरुप सेवालिने नलिने वा बस्तु किन्ने नकिन्ने निर्णय लिने संस्कार हुन्छ ।

त्यसैले यि यस्ता मार्केटका बिशेषताहरुलाई हेर्दा हाम्रो नेपाल वायुसेवा निगममा देखिने गरेका उडान ढिला हुने, नउड्ने, साविकका उडान तालिकाबद्ध रुपमा हुन नसक्ने अथवा पटक पटक विमानमा प्राबिधिक समस्याहरु आई सेवा अवरुद्ध हुने जस्ता समस्याहरु निगमका लागि जापान मार्केटका ठूला चुनौतीहरु हुन सक्छन। भविष्यमा आउन सक्ने यस्ता समस्याहरु हटाउन वा न्युनिकरण गर्ननेपाल वायुसेवा निगम सजग हुनुपर्छ।

(रेग्मीले रिक्यो युनिभर्सिटी टोक्योबाट पर्यटनमा स्नाकोत्तर गरेका छन्। )

 

प्रकाशित: २७ माघ २०७४ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App