८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुखमा सानु श्रेष्ठ निर्विरोध

हेटौंडा- तीन नम्बर प्रदेशकव सभामुखमा नेकपा एमालेका सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

प्रदेश नम्बर ३ मा एमालेका ५८ सांसद छन्। श्रेष्ठ एमालेमा अध्यक्ष केपी ओली पक्षधर नेता हुन्। प्रदेश संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भइसकेका छन्। उनी मुख्यमन्त्री बन्ने पक्का छ।

काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वाचित श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन्। श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ गराउने छिन्।

 

प्रकाशित: २७ माघ २०७४ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App