८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ओलम्पिक्स अगाडि उत्तर कोरियामा सैन्य परेड

कोरियाली पिपल्स आर्मी स्थापनाको ७०औं वर्षगाँठ मनाउन गरिएको परेडमा उत्तर कोरियाली सेना । तस्बिर : एएफपी

सोल– शीतकालीन ओलिम्पिक्स शुरु हुने अघिल्लो दिन उत्तर कोरियाले सैन्य परेड गरेको छ ।शुक्रबारदेखि दक्षिण कोरियामा शुरु हुने ओलम्पिक्सको पूर्वसन्ध्यामा बिहीबार राजधानी प्योङयाङमा देशका सर्वोच्च नेता किम जोङ–उनको उपस्थितिमा सैन्य परेड गरिएको बिबिसीले जनाएको छ ।

दक्षिण कोरियामा हुने ओलम्पिक्समा उत्तर कोरियालेसमेत सहभागिता जनाएको छ भने बुधबार मात्रै उसले आफ्नो देशको तर्फबाट किम जोङ–उनकी बहिनी किम यो–जङलाई पनि प्रतिनिधिमण्डलमा सहभागी गराएको बताएको थियो ।उत्तर कोरियामा हुने सबैजसो सैनिक क्रियाकलापको प्रत्यक्ष प्रसारण गर्ने उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले बिहीबारको सैन्य परेडको भने प्रत्यक्ष प्रसारण गरेको थिएन । टेलिभिजनले पछि मात्रै परेडको फुटेज प्रसारण गरेको थियो ।

प्योङयाङले आफ्नो सैन्य शक्ति ‘कोरियाली पिपल्स आर्मी’ स्थापनाको वार्षिक उपलक्ष्यमा सैन्य परेड गरेको बताइएको छ । कोरियाली पिपल्स आर्मी सन् १९४८ फेब्रुअरी ८ मा स्थापना भएको थियो ।

पछिल्ला ४० वर्ष अप्रिल महिनामा गरिँदै आएको परेड यसपालि फेब्रुअरी ८ मै गरिनुलाई अत्यन्तै अर्थपूर्ण रूपमा हेरिएको छ । उत्तर कोरियाले सैन्य परेड गरेको  जानकारी आफूलाई प्राप्त भएको दक्षिण कोरियाले बताएको छ । ‘उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको जानकारी हामीलाई आएको छ,’    दक्षिण कोेरियाले बताएको छ । बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा ठूलो संख्याका सैनिकले परेड गरेको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ ।

 यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिक्सको पूर्वसन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो । उत्तर कोरियाले सैन्य परेड गरेपनि दक्षिण कोरियाले ओलम्पिक्समा आएको उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति मुन जाय–इनले शनिबार भेटवार्ता गर्ने बिहीबार घोषणा गरेको छ । उनले उत्तर कोरियाकी सेरेमोनियल राज्य प्रमुख किम योङ–नाम, उत्तर कोरियाली शासककी बहिनी किम यो–जङसहित २२ जनाको टोलीसँग भेटवार्ता गर्ने सोलले बताएको छ । किम यो–जङ दक्षिण कोरियाको भ्रमण गर्ने उत्तर कोरियाली शासक वंशकी पहिलो सदस्य हुने बताइएको छ ।

 

 

प्रकाशित: २६ माघ २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App