७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली सांगीतिक टोली दक्षिण कोरियामा

तस्विर : एजेन्सी

सोल – दक्षिण कोरियामा  शीतकालीन हिउँदे ओलम्पिक सम्पन्न हुन लागेको छ ।ओलम्पिकको पूर्वसन्ध्यामा  उत्तर कोरियाली सांगीतिक टोली विभिन्न सांगीतिक प्रस्तुतीका साथमा दक्षिण कोरियाको राजधानी सोल आइसकेको छ  ।

उत्तर कोरियाली सांगीतिक टोली म्यानयोंगबङ –९२ १ सय ४० सदस्यीय टोलीका साथ दक्षिण कोरिया आइपुगेको हो । बिहीबार उक्त टोलीले दक्षिण कोरियाको एक कला केन्द्रमा पहिलो प्रस्तुती दिने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

आइतबार उक्त टोलीले राजधानी सोलको नेशनल थिएटरमा दोस्रो प्रस्तुती दिने दक्षिण कोरियाली सञ्चार माध्यमहरूमा उल्लेख छ ।दुई कोरियाबीचको कुटनीतिक सम्बन्धमा आएको फाटोलाई यस ओलम्पिकले सुधार ल्याउन सक्ने दुवै कोरियाको दाबी  छ ।ओलम्पिकमा भाग लिनका उत्तर कोरियाका खेलाडीहरू, सांगीतिक टोली तथा उच्चस्तरका विभिन्न कर्मचारीहरू दक्षिण कोरिया आउने क्रम जारी छ ।

 

प्रकाशित: २५ माघ २०७४ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App