coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पारवहन तथा गोदाम व्यवस्थाको शाखा विशाखापटनम

वीरगन्ज– नेपाल पारवहन तथा गोदाम व्यावस्था कम्पनी लिमिटेडले भारतको बिशाखापटनम बन्दरगाहमा कार्यालय खोल्न लागेको छ। यसै बर्षदेखी नेपालको तेस्रो मुलुकसंगको ब्यापारका लागि प्रयोगमा आएको उक्त बन्दरगाहमा नेपाली आयातकर्तालाई सेवा दिने उदेश्यले नेपाल सरकार स्वामित्वको उक्त कम्पनीले आफ्नो शाखा बिस्तार गर्न लागेको हो। 

कम्पनीको सोमबार बसेको ५६० औ‌ संचालक समितिको बैठकबाट कम्पनीले आफ्नो शाखा कार्यालय विशाखापटनममा खोलि क्लियरिङ्ग, र फरवाडिङ्ग कार्य गर्ने निर्णय गरेको छ। बिशाखापट्नम बन्दरगाहमा शाखा कार्यालय खोली सबै क्षेत्रबाट आयात निर्यात हुने कन्टेनरको क्लियरिङ्ग तथा फरवाडिङ्ग कार्य संचालन गर्ने उदेश्य रहेको कम्पनीमा महाप्रबन्धक कुमार केसीले बताए। कम्पनीको कोलकतास्थित कार्यालयका प्रमुख लक्ष्मण खड्काको नेतृत्वमा एउटा टोली बिशाखापट्नम बन्दरगाहमा पठाइएको उनले जानकारी गराए। 

आयात निर्यात व्यापारको लागि गोदाम, क्लियरिङ्ग तथा फरवाडिङ्ग सेवा संचालन गर्न कम्पनी ऐन २०२१ बमोजिम २०२८ भदौं ३० मा उक्त कम्पनीको स्थापना भएको हो। नेपाल सरकार, वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको बराबरीको हिस्सेदारी रहेको कम्पनीले यसअघि कोलकता र हल्दियामा नेपाली आयात निर्यातमा आफ्नो सेवा दिदै आएको छ। नेपाल र भारत विच सन् १९७१ मा सम्पन व्यापार तथा पारवहन सन्धीको व्यावस्था अनुसार दर्ता भई कम्पनीले कोलकोतामा शाखा कार्यालय स्थापना गरी सरकारी तथा सरकारी स्वामित्व समेतका संस्था र आयोजनाहरुको लागि कार्य गर्दै आएको छ। 

नेपालको ब्यापारको लागि ट्रान्जिटको रुपमा बिशाखापटनम बन्दरगाह पनि प्रयोगमा आएपछि आफुहरुले स्वभाविक रुपमा आफ्नो कार्यालय त्यहाँ बिस्तार गर्न लागेको केसीले बताए। संगसंगै कम्पनीले अब आगामी यसै फागुनको पहिलो साताबाट निजी क्षेत्रबाट हुने आयात निर्यातमा समेत क्लियरिङ्ग सेवा प्रदान गर्ने निर्णय गरिएको उक्त कम्पनीले जारी गरेको एउटा बिज्ञप्तिमा उल्लेख छ। उक्त सेवा विशाखापटनम, कोलकत्ता र हल्दिया बन्दरगाहबाट कम्पनीले प्रदान गर्ने जनाएको छ। 

प्रकाशित: २४ माघ २०७४ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App