८ वैशाख २०८१ शनिबार
समाज

जहाज दुर्घटनाबाट बच्यो

रुकुम – काठमाडौंबाट रुकुम (पश्चिम) का लागि उडान भरेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनाबाट बचेको छ। बुधबार दिउँसो सल्ले विमान स्थलमा जहाज अवरतण गर्ने क्रममा दाया पंखामा रहेको हाइड्रोलिक पाइप फुटेको थियो।

ल्याण्डिङ पछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटेपनि जहाज दुर्घटनाबाट बचेको हो। यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन्। काठमाडौंबाट १०ः५५ मा उडेको जहाज सल्लेमा १२ः१० मा अवतरण भएको थियो। हाइड्रोलिक पाइप फुटेपनि अन्य क्षति भने नभएको बताइएको छ।

जहाजमा १५ जना यात्रुहरु सवार थिए। अहिले सुरक्षाका बीच जहाजलाई सल्ले विमानस्थलमा राखिएको छ। बिहीवार मात्र काठमाडौंबाट प्राविधिक टोली पुगेर जहाज मर्मत गर्ने बताइएको छ। नाइन एन ए बीटी नम्बरको जहाज काठमाडौं–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्य तालिका थियो। जहाज विग्रिएपछि नेपालगञ्ज जाने यात्रुहरु मर्कामा परेका छन्। 

प्रकाशित: २४ माघ २०७४ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App