७ वैशाख २०८१ शुक्रबार
कला

दुई थोपा हाँसो’ समापन

युएई – सिस्नुपानी नेपालले एनआरएनए युएईको समन्वयमा युएईमा कार्यरत नेपालीलाई मनोरञ्जनात्मक शैलीबाट जनचेतना दिँदै आएको कार्यक्रम ‘दुई थोपा हाँसो’ गत सोमबार सम्पन्न भएको छ ।सिस्नुपानीले गत विहीबारबाट युएईको अबुधाबी, अलऐन, सारजहाँ दुबई र फुजेरामा कार्यरत नेपालीहरू बस्ने क्याम्पमा पुगेर मनोरञ्जनात्मक शैलीबाट निःशुल्क जनचेतना कार्यक्रम गर्दै आएको थियो ।

कार्यक्रमका लागि सिस्नुपानीबाट हास्य कलाकार मनोज गजुरेल, व्यंग्य कवि अर्जुन पराजुली, व्यंग्यकार टंक आचार्य, चिकित्सक डा. रवीन्द्र पाण्डे र हास्य कवि लक्ष्मण गाम्नागे युएई आएका थिए ।हाँस्य कलाकार गजुरेलले देशको मुख्य अर्थतन्त्र धानेको रेमिटेन्स हुन्डीको कारण घट्दै गएकाले हुन्डीबाट पैसा नपठाउन व्यंग्यात्मक शैलीबाट आग्रह गरे । ‘हुन्डी गर्ने र भिजिट भिसामा युएई ल्याई अलपत्र पार्ने दलाललाई काबाही गनुपर्छ । यस्ता दलालमार्फत पैसा पठाए पनि भिजिटमा आए पनि ठगिने क्रम बढ्दो छ,’ उनले भने ।

व्यंग्य कवि पराजुली, व्यंग्यकार आचार्य,  डा. पाण्डे , हास्यकवि गाम्नागेलगायतले मजदुरसँग रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, स्वस्थ रहन अपनाउनु पर्ने खानपान, सुरक्षित जीवनका समय–समयमा स्वास्थ्य परीक्षण लगायतका कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले युएईमा कार्यरत नेपालीहरूको कामको थकानलाई केही समय भए पनि बिर्साउन मनोरञ्जनसँगै जनचेतना दिलाउन सिस्नुपानी नेपालसँग सहकार्य गरेको बताए । श्रेष्ठले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषण गरे अनुरुप कार्यक्रम गरिएको खुलाए ।
 

प्रकाशित: २४ माघ २०७४ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App