coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिस नेवाः आइकन’को तयारी

काठमाडौं – रेक्स फेसन होमले ‘मिस नेवाः आइकन २०१८’ आयोजना गर्ने भएको छ । चैत १० गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि १६ देखि २४ वर्षभित्र ३३ नेवार युवतीले फारम भरिसकेको फेसन होमका खगेश रञ्जीतले बताए ।

उनले नेवारी समुदायका युवतीको नेतृत्व विकास र प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको जनाए । ‘प्रथम हुनेलाई ३० हजार नगदसँगै ७ तोलाको चाँदीको ताज पुरस्कार दिइनेछ,’ उनले भने, ‘मिस नेवाः आइकन २०१८ उपाधि विजेतालाई एअर होस्टेस तालिम, जुम्बा, जिम, फिजिकल फिटनेस आदि निःशुल्क उपलब्ध गराइने छ ।’

उनका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार नगदसहित ४ तोलाको चाँदीको ताज, तेस्रो हुनेलाई १० हजारसहित ३ तोलाको चाँदीको ताज प्रदान गरिने छ । प्रतियोगीतामा सहभागी हुन आयोजकले एसइई पास भएको हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फागुन ४ गतेसम्म दिन सकिनेछ । उपत्यकाभित्र माघ २८ र उपत्यकाबाहिरका फागुन ५ गते अडिसन हुनेछ । छनोटमा परेकालाई दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिइनेछ ।
 

प्रकाशित: २४ माघ २०७४ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App