८ वैशाख २०८१ शनिबार
कला

रिलेसनशिपबारे दीपिकाको जवाफ : रोमान्टिक सम्बन्ध राख्न गाह्रो छ

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो पर्सनल रिलेसनशीपको बारेमा मुख खोलेकी छन्। हालैमात्र रिलिज भएको सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी दीपिकाले मुम्बईमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै पार्टनरसँग रोमान्टिक सम्बन्ध कायम गर्नु धेरै गाह्रो कुरा भएको बताएकी छन्।

फ्यानहरुले उनको पर्सनल सम्बन्धका बारेमा प्रश्न गर्दा उनको जबाफ थियो, ‘केही मेरा आपसी सम्बन्धहरु एकदमै बलिया थिए, तर समयसँगै उनीहरु आफै म देखि टाढा भएर गए। उनीहरु आफैले म सँगको दुरी बढाएका हुन्, त्यसका मेरो कुनै कसुर छैन।’ 

अर्को जिज्ञासामा उनले भनेकी छन्, ‘रोमान्टिक सम्बन्ध राख्न धेरै गाह्रो कुरा हो। यो सम्बन्धको लागि शुरुमा आफूलाई बुझ्ने पार्टनरको जरुरत पर्छ। जसले आफ्नो सफलतामा र आफ्नो इच्छालाई स्वीकार गरोस्। यतीसम्मकी कमाइको मामलामा पनि उसले कम मैले धेरै भन्ने आडम्बर नपाल्ने खालको होस्।’ 

प्रकाशित: २३ माघ २०७४ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App