७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

शेयर बजारमा एक दशक यता कै गिरावट

 वासिङटन – अमेरिकाको शेयर बजारमा एक दशक यता कै ठूलो गिरावट आएको छ । शेयर मूल्यमा ४.६ प्रतिशतले गिरावट आएपछि  सोमबार अमेरिकाको सेयर बजार ठप्प भएको थियो ।

 यो गिरावट सन् २००८ को भन्दा पनि ठूलो गिरावट हो । सन् २००८ मा ७७७.६८ अंकले अमेरिकी सेयर बजारमा गिरावट आएको थियो । भने अहिले ११ सय भन्दा बढी अंकले सेयर बजारमा गिरावट आएको छ ।  यसबारे बोल्दै  देशको आर्थिक अवस्था प्रति ढुक्क रहेको  अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् ।

ह्वाइट हाउसका केही अर्थशास्त्रीहरूका अनुसार अमेरिकी शेयर बजारमा बेला बखत यस प्रकारको उथलपुथल आउनु स्वाभाविक हो । विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलबमा वृद्धि भएपछि कम मूल्यमा नै शेयर बिक्री हुने क्रममा एक्कासी सेयर बजारमा गिरावट आएको हो ।प्रतिशतका हिसाबले  अमेरिकी सेयर बजारमा सन् २०११ यता कै शेयर बजारमा आएको यो ठुलो गिरावट हो ।
 

प्रकाशित: २३ माघ २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App