८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आज विश्व क्यान्सर दिवस

काठमाडौं– ‘अन्धविश्वासमा नबसौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाईंदैछ।

क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालीयो भने रोकथाम गर्न सकिन्छ भनेर सचेत पार्नको लागि पनि यस्तो किसिमको नारा बनाइएको हो।

नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले क्यान्सरको जोखिम पनि बढ्दै गएको उनिहरुको भनाइ छ।

खानपानमा ध्यान दिन सके पनि ४० प्रतिशतले क्यान्सर रोगको जोखिम कम हुने विश्व स्वास्थ्य संगठनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।  

भक्तपुर क्यान्सर अस्पतालका अनुसार क्यान्सरका विरामीहरु गएको पाँच वर्षमा ५० प्रतिशतले बढेको छ। अस्पतालको रेकर्ड अनुसार सन्  २०१२ मा २८ हजार ३ सय ६६ जना क्यान्सर रोगिले उपचार गरेकोमा सन् २०१७ सम्ममा त्यो संख्या बढेर ६८ हजार ४ सय ४१ क्यान्सर रोगि पुगेको अस्पतालका प्रवक्ता राजाराम तेजलाले बताए।

क्यान्सर पीडितको मामलामा काडमाडौं जिल्ला सबैभन्दा अगाडि रहेको आँकडामा उल्लेख छ।  गएको एक वर्षमा मात्रै काठमाडौंका क्यान्सर पीडित ३ सय ४९ जनाले उपचार गराएका थिए भने काभ्रेपलाञ्चोकका १ सय ९१ जनाले अस्पतालमा  उपचार गराएका हुन्।

त्यस्तै १ सय ७८ जना विरामी भक्तपुरबाट, १ सय ५० जना ललितपुरकाट, १ सय ३८ जना सिन्धुपाल्चोकबाट, १ सय २९ जना मोरङ्बाट, १ सय १९ जना झापाबाट, १ सय २ जना सुनसरीबाट, ९५ जना दोलखाबाट र ९० जना मकवानपुरबाट क्यान्सर रोगका पिडीतहरु उपचारको लागि आएको अस्पताल स्रोतले जनाएको छ।

 

 

प्रकाशित: २१ माघ २०७४ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App