coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बस दुर्घटना, १३ यात्रु घाइते

नेपालगन्ज –  बाँके राप्तीपारी सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरबाट सदरमुकाम नेपालगन्जतर्फ आउदै गरेको बस पूर्वपश्चिम राजमार्गस्थित बाँकेको अगैया नजिकै दुर्घटनाग्रस्त भएको छ।

आईतबार बिहान भएको दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनास्थल अगैयाँ बजारबाट ३ किलोमिटर पश्चिममा पर्छ।

प्रहरीका अनुसार ना ३ ख ९७५९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो। ईलाका प्रहरी कार्यलय प्रमुख एवम् डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको छ।

दुर्घटनाको कारण पुर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्व भएको छ। राजमार्ग अवरुद्व भएपछि गतव्यमा हिडेका यात्रुहरु अलपत्रमा परेका छन्।
 

प्रकाशित: २१ माघ २०७४ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App