coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

झारखण्ड – भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानाध्यापक सुशान्ती हेमब्रोमले १३ जना विद्यार्थीलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएकी हुन्। ती विद्यार्थीमध्ये कसले कक्षाको अर्का सहपाठीको पैसा चोरेको हो पत्ता लगाउन यस्तो सजायँ दिइएको झारखण्डका प्रहरीले जानकारी गराएको छ  । 

घटनाको भोलिपल्ट अविभावकले आफ्ना छोराछोरीलाई यातना दिएको गुनासो गरेपछि प्रधान शिक्षिकालाई निलम्बन गरिएको थियो। विद्यार्थीले आफ्नो गल्ती स्वीकार गर्लान् भनेर यस्तो सजायँ दिएको हिरासतमा रहेकी शिक्षिका हेमब्रेमले बताएकी छन्। 

प्रकाशित: २० माघ २०७४ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App