८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकाको लागि खतरा बन्दै चीन र रूस : टिलर्सन

वासिङ्टन – अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकामा चीन र रूसको बढ्दो उपस्थिति खतराको संकेत रहेको बताएका छन्। 
ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सासमा बोल्दै उनले चीनियाँ मोडलको लगानीले देशको जनशक्ति बाहिरीएको र त्यसले चीनियाँ जनतालाई मात्र फाइदा पुगेको बताएका हुन्। अमेरिकाले लगातार रुपमा भेनेजुएला र क्युवामा प्रजातन्त्र पुनस्थापनाका लागि दबाब दिइरहने पनि उनले बताए। 

भ्रमणमा जानुअघि उनले टेक्सास विश्वविद्यालयमा बोल्दै ल्याटिन अमेरिकालाई चीन र रुससँग भन्दा अमेरिकासँगनै व्यापार गर्न सुझाएका हुन्। चीन र रुसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति बलीयो बनाउदै लगेकोमा उनले आपत्ति जनाएको बीबीसीले उल्लेख गरेको छ। 

बेइजिङ्ले गरेको आर्थिक अभ्यास निष्पक्ष नभएको र रुसले निरंकुश शासन भएका देशहरुमा हतियारहरु बेचेको आरोप लगाएका टिलर्सनले ट्रम्प प्रशासनले भेनेजुएलामा सत्ता परिर्वतनका लागि कुनै भुमिका नखेलेको समेत दावी गरे। 

उनले थप्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले संविधानभित्र रहेर काम गरुन् भन्ने अमेरिकाले चाहेको बताए। मडुरो आफैले सत्ता छोडिदिए त्यो सबैभन्दा उत्तम उपाय हुनेपनि उनले बताए । भाषणकै क्रममा राष्ट्रपति मडुरोलाई क्युवामा शरण लिनुपर्ने बताएका थिए। 

 

प्रकाशित: १९ माघ २०७४ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App