८ वैशाख २०८१ शनिबार
अर्थ

स्वराजको भ्रमण : व्यापार र पारवहनका जटिलता समाधान होस्

वीरगन्ज – भारत भएर हुने नेपालको ब्यपार तथा भारतसंगको ब्यपारमा प्रमुख नाकाको रुपमा रहेको आर्थिक नगर वीरगन्जको निजी क्षेत्रले भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको नेपाल आगमनसंगै ‘ब्यपार तथा पारवहन’ का जटिलताको सामाधान हुने आश गरेको छ। नेपालको ब्यपार तथा बिभिन्न कुरा अहिलेसम्म जेनतेन धानेको दक्षिणी सिमानाकामा पछिल्लो समय जटिलता बढ्न थालेपछि उतरी सिमातिर नेपाली पक्षको आकर्षण बढ्न लागेको बेला भारतीय बिदेश मन्त्री स्वराजको आगमन भइराख्दा निजी क्षेत्रमा स्वभाविक रुपमा केही आपेक्षा पलाएको देखिएको छ।

‘नेपालको तेस्रो मुलुकसंगको ब्यपार भारतबाट भएरै हुन्छ, भारतीय बन्दरगाहमा त्यहाँबाट मालबस्तु ढुवानीमा बेलाबेलामा समस्या हुने गरेको छ, सुक्खा बन्दरगाहको स्तरोन्नतीको कुरा छ, सिमामा रहेको मैत्रीपुलको कुरा छ,’ वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘यी सबै विषय भारतीस्य बिदेश मन्त्रालयसंग सम्बन्धीत भएकाले यसउपर छलफल हुनु पर्छ, हामीले यि आपेक्षा राखेका छौं, संगसंगै भारतमा नेपालको निर्यात बढाउनेमा भारतीय सहयोग होस।’ संघका पुर्व अध्यक्ष रहेका प्रदेश दुई उद्योग बाणिज्य संघका उपाध्यक्ष अशोक बैद्य भारत सरकारले तत्कालको ठुलो समस्याको रुपमा देखिएको सिमेन्ट उद्योग माथीको संकट समाधानमा पहल पुग्ने आशा राखेका छन्।

‘बिषयहरु कयौं छन्, अहिलेको टड्कारो विषय के छ भने पर्सा बारा करिडोरका एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु बन्द हुने अवस्थामा पुगिसकेका छन्, ति उद्योगका कच्चा पदार्थ क्लिंकर रक्सोलमा आउन बन्द भएर यसो भएको हो,’ नेपाल भारत सहयोग मञ्चका अध्यक्ष समेत रहेका बैद्यले भने, ‘उद्योग बन्द हुन लागेका छन्, अर्बौं लगानी डुबेपछि उद्योगी मात्र होइन लगानीकर्ता रहेको बैंक क्षेत्र पनि प्रभावित हुन्छ, नेपालमै पुर्वाधार विकास गर्ने काम अगाडी बढ्दै गरोस तबसम्मका लागि केही समय सिमा दिएर रक्सोलमा क्लिंकर अनलोड गर्न दिने बताबरण बनोस।’

मानिसहरुको स्वास्थ्यमा असर परिरहेको रक्सोलवासीको गुनासो आएपछि बन्द भएको क्लिंकर आयात अब जुनसुकै ठाउँमा भए पनि प्रदुषणमुक्त किसिमले लोड अनलोड हुने संरचना चाँडै बिकास हुनु पर्ने संघका पुर्व अध्यक्ष ओमप्रकाश सिकारियाको भनाई छ। ‘समस्या दोहरिनु हुदैन, सहरको विचमा मानव बसोवारलाई प्रभावित गर्ने गरी अहिलेसम्म क्लिंकर ढुवानी हुदै आएको थियो, अब ब्यवस्थित हुनु पर्छ,’ समाजिक अगुवा समेत रहेका सिमारियाले भने, ‘नेपालबाट निर्यात बढाउने बिषय, नेपालमा रेल विकास र सडक लगायत संरचनाको विकासमा भारतीय सहकार्य नेपाललाई चाहिएको छ।’

प्रकाशित: १८ माघ २०७४ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App