coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३३ लाखसहित छ जुवाडे पक्राउ

जुवाडेबाट बरामद रकम गन्दै प्रहरी । तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत – सुर्खेत प्रहरीले ३३ लाख रुपियाँसहित बुधबार राति छ जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार ६ लाख ४९ हजार पाँच सय ६० नगद र २६ लाख ७५ हजारका चेकसहित वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली, ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा, भद्रबहादुर क्षेत्री र सविर मियाँलाई पक्राउ गरिएको हो।

गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी चतुर्वेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीका अनुसार कवाडीको ठेक्कापट्टा गर्ने बाराका सविर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक बरामद भएका छन्।

‘विशेष सुराकीको आधारमा घरमा छापा मार्दा जुवा खेलिरहेको स्थानबाट उक्त परिमाणको नगद र चेकसहित छ जनालाई पक्राउ गर्न हामी सफल भयौं’ डिएसपी चौधरीले भने, ‘अरु अनुसन्धानकै क्रममा छौं ।’ प्रहरीले पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्र्तगत कारवाही गर्ने जनाएको छ।

 

प्रकाशित: १८ माघ २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App