coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१० किलो चरेस सहित ३ पक्राउ

वीरगन्ज- दुई महिलाले शरिरभित्रै आफुले लगाएको कपडामा लुकाएर राखेको साढे १० किलो चरेस प्रहरीले बरामद गरेको छ। इटाको आकारमा बनाइएको आधा किलो वजनको २१ वटा चरेशको ढिक्का प्रहरीले उनीहरुको शरीरबाट निकालेको छ। महिलाहरुलाईहरुलाई चरेश बोकाएर संगसंगै हिडेका भारतीय नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वीरगन्ज–१६ बस्ने अपसाना खातुन र रेहाना खातुनबाट प्रतिबन्धीत लागु औषध बरामद भएपछि उनीहरुलाई कारोबारी सहित नियन्त्रणमा लिई मुद्दा चलाइएको जिल्ला  प्रहरी कार्यालय पर्साले जनाएको छ। भारत बिहारको चनपटिया घर भएका ६० बर्षे जहुर मियाले ति दुई महिलाहरुलाई चरेश बोकाइ हिँडेको बेला सूचनाको आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो। अपसानाको शरिरबाट १० वटा र रेहानाको शरिरबाट ११ वटा आधा किलो वजनको चरेशको ढिक्का बरामद भएको प्रहरी कार्यालयले उपलब्ध गराएको बिवरणमा उल्लेख छ।

भारतीय सीमा नजिककै टोल वीरगन्जको इनर्वामा महिलाहरुले चरेश ओसारेर लैजादै गरेको सूचना पाएपछि प्रहरीले सादा पोषाकमा खटाएको एउटा टोलीले मंगलवार भारततिर जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरी खनतलासी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भरियाको रुपमा ति महिलाहरु प्रयोग गरिए पनि चरेशका कारोबारी एक जना पुरुष पनि प्रहरीले नियन्त्रणमा लिएको हो। खानतलासीमा चरेश निस्केपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेपछि बुधवार सार्वजनिक गरेको छ।

 

प्रकाशित: १७ माघ २०७४ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App