coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

अष्ट्रेलियामा ढोरपाटन क्लब

अष्ट्रेलिया- अष्ट्रेलियालाई कर्मथलो बनाएका बागलुङ ढोरपाटनवासीले सामाजिक क्रियाकलाप अघि बढाउने उद्देश्य सहित ‘ढोरपाटन क्लब, अष्ट्रेलिया’ गठन गरेका छन्। अघिल्लो साता ढोरपाटन आसपासबाट यहाँ आई बसोबास गर्नेहरुको एक भेलाले पानस गौचनको अध्यक्षतामा १५ सदस्य रहने गरी क्लब गठन गरेको हो।

अष्ट्रेलियामा यसअघि भलिबल प्रतियोगिताबाट ख्याती कमाएको ढोरपाटन क्लबले यसपटक बृहत उद्देश्य सहित औपचारिक रुपमा क्लब गठन गरेको हो। ‘मुख्य गरी अध्ययनका लागि यहाँ आउने विद्यार्थी लगायत सम्पूर्ण ढोरपाटनबासीको समस्याहरुलाई समाधान गर्न क्लब गठन गरेका छौं’, क्लब संस्थापनका अध्यक्ष गौचनले भने।

अन्य पदाधिकारीमा उपाध्यक्ष झक राना, खेम पुर्जा, सचिव हिक्मत घर्ती मगर, सह–सचिव प्रीतक खत्री, कोषाध्यक्ष विश्व घर्ती मगर, सह–कोषाध्यक्ष अजय श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा सञ्जु गिरी, विवेक खम्बु, विवेक श्रेष्ठ, राजकुमार श्रेष्ठ, दिनेश थापा, रमेश केसी, प्रदीप खत्री, उमा घर्ती, एलिना ठकुरी र सल्लाहकारमा भरत शेरचन रहेका छन्।

यसअघि भलिबलमा ख्याती कमाएको ढोरपाटनको पहिचानलाई थप मजबुद बनाई नयाँ खेलाडी उत्पादनका लागि टोली व्यवस्थापनको राजकुमार श्रेष्ठ र प्रशिक्षणका लागि सञ्जु गिरीलाई जिम्मा दिइएको छ । टोली प्रमुख (टिम क्याप्टेन)मा विवेक खम्बुलाई पहिलो बैठकले चयन गरेको अध्यक्ष गौचनले जानकारी गराए।

प्रकाशित: १७ माघ २०७४ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App