४ वैशाख २०८१ मंगलबार
प्रवास

एनआरएन मिडिया तथा पव्लिकेसन समिति गठन

काठमाडौं -  गैर आवासीय नेपाली संघ (एनआरएन) ले विश्वभरी छरिएर रहेर पत्रकारिता गरिरहेका पत्रकारहरु समावेश गरी प्रवक्ता भुषण घिमिरेको संयोजकत्वमा मिडिया तथा पब्लिकेशन समिति घोषणा गरेको छ। एनआरएनको मिडिया तथा पब्लिकेशन समितिमा एक संयोजक, तीन उपसंयोजक सहित १५ सदस्य कायम गरि समितिलाई पूर्णतादिइएको हो।

समितिको संयोजकमा प्रवक्ता भूषण घिमिरेलाई तोकिएको छ। गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको प्रवक्ता घिमिरेको संयोजकमा रहने गरि तीन सहसंयोजक तोकिएको छ। जसमा अमेरिकाबाट विजय घिमिरे, बेलायतबाट चिरन शर्मा, र अष्ट्रेलियाबाट हेमन्त काफ्ले रहेका छन्।

प्रस्तावित नामहरु गत हप्ता बसेको एनआरएन आईसिसि बैठकबाट अनुमोदन गरिएको हो। जसमा भूषण घिमिरे, प्रवक्ता एवं सयोजक, सहसंयोजकहरु विजय घिमिरिे अमेरिका, हेमन्त काफ्ले अष्ट्रेलिया, चिरन शर्मा बेलायत रहेका छन भने सदस्यहरुमा होमप्रसाद लम्साल अमेरिका, आङछिरिङ शेर्पा, अमेरिका,गोकर्ण लामिछाने, क्यानडा, फणिन्द्र भट्टराई, बेलायत, प्रजय शुक्ला, बेलायत,  डिल्ली ढकाल, अष्ट्रेलिया, बुध्दिसागर घिमिरे न्यूजिल्याण्ड, रामचन्द्र गिरी, मलेसिया, किसन राई, हङकङ, आनन्द कोइराला, जापान, दिलकुमार श्रेष्ठ, कतार, मेघराज सापकोटा, युएई, नवराजवि के, कतार, शुक्रलामा, सउदी अरयिबा, र बसन्त रानाभाट, स्पेनबाट रहेका छन।

प्रकाशित: १७ माघ २०७४ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App