७ वैशाख २०८१ शुक्रबार
समाज

नेपालगन्ज विमानस्थलको सन्ध्याकालिन सेवा बन्द

नेपालगन्ज – नेपालगन्ज विमानस्थलको कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ। विमानस्थल कालोपत्रेका लागि सोमबारबाट काम थालिएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज बिमानस्थलले जनाएको छ। कालोपत्रे निर्माण कार्य आगामी फागुन २० गतेसम्म चल्नेछ। धावनमार्ग कालोपत्रे निर्माण सुरु हुँदा सोमबारदेखि नै नेपालगन्ज विमानस्थलबाट हुने सन्ध्याकालिन हवाई सेवा बन्द गरिएको छ।

नागरिक उडड्यन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख प्रतापबावु तिवारीले कालोपत्रे निर्माण कार्य करिव ३५ दिन सम्म चल्ने बताए। ‘अबको ३५ दिनसम्म कालोपत्रे निर्माणको काम चल्नेछ, त्यसअवधिभर सन्ध्याकालिन सेवा हुनेछैनन्,’ उनले नागरिकसँग भने। तिवारीका अनुसार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सेवा बन्द गरेर कालोपत्रे निर्माणको काम गरिनेछ।

नियम अनुसार हरेक ५ देखि ७ बर्षको अवधिमा धावनमार्ग अनिवार्य कालोपत्रे गर्नुपर्छ। मौसममा सुधार नहुँदा बिहान पखका अधिकांश हवाई उडान प्रभावित हुने गरेका छन्। विमानस्थलको कालोपत्रे निर्माण सुरु भएपछि बेलुकी पखका पनि उडान बन्द गर्नुपर्ने बाध्यताले गर्दा हवाई सेवाप्रदायक कम्पनीले तालिका परिवर्तन गर्ने तयारी गरेका छन्।

बेलुकी पख नेपालगन्ज–काठमाडौं रुटमा हुने सबै उडान दिउँसो सार्ने उनीहरुको तयारी छ। नेपालगन्ज विमानस्थलबाट प्रदेश नम्बर ६ र ७ का पहाडी तथा हिमाली जिल्लाका साथै काठमाडौंका लागी दैनिक रुपमा दर्जनबढी उडान हुने गरेका छन्।

प्रकाशित: १५ माघ २०७४ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App