५ वैशाख २०८१ बुधबार
समाज

५० किलो चरेससहित २ पक्राउ

रोल्पा – प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा ठूलो परिमाणमा लागु औषध चरेस पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा ५ न. प्रदेश क्षेत्रीय प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले आइतबार बिहान ३ बजेतिर ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा थवाङ गाउँपालिका ३ मिरुल लाटावाङका २२ बर्षीय प्रश्न बुढामगर र २२ बर्षीय शेरबहादुर बुढामगर रहेका छन्।

‘गोप्य सुचनाका आधारमा चरेशसहित २ जनालाई पक्राउ गरेका हौं। आइतबार बिहान बिक्री वितरणका लागि लैजाने तयारीमा रहेका उनीहरुलाई लागुऔषध चरेससहित समात्यौं,’ ५ नम्बर प्रदेश प्रहरी प्रबक्ता पुष्पराज मल्लले बताए। मल्लका अनुसार पक्राउ पर्नेहरु कारोबारी हुन अथवा भरिया मात्र हुन भन्ने कुरा थप अनुसन्धानले खुल्ने छ।

लागुऔषधको मुहान नै सफा गर्ने अभियानको सुरुवात मै ठुलो परिमाणमा चरेस बरामद गरिएको उनको भनाई छ। रोल्पा प्रहरीको नियन्त्रणमा रहेका दुबैजनालाई कानुन बमोजिम कारबाही हुने बताइएको छ।

प्रकाशित: १४ माघ २०७४ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App