coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रुकुममा कतै आन्दोलन कतै दीपावली

जिल्ला प्रशासन कार्यालय रुकुमकोटमा धर्ना बसेका रुकुमकोटवासीहरु। तस्बिर: नागरिक

रुकुम- बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन रातीदेखि रुकुमकोटबासी आन्दोलित भए। आइतबार चार दिनदेखी उनीहरु आन्दोलनमा छन्।

प्रधानमन्त्री शेरवहादुर देउवाविरुद्ध यहाँका स्थानीयहरु नाराबाजी गरि रहेका छन्। बिहिवार राती देखी नै जिल्ला प्रशासन कार्यालयमा चौबिसै घण्टा धर्नामा छन्। रुकुमकोट छिर्ने चारवटै नाका बन्द छन् भने यहाँका शिक्षण संस्था, बजार, सकारी तथा गैरसरकारी कार्यालयहरु पूर्णरुपमा बन्द छन्। बन्दले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। सरकारविरुद्ध रुकुमकोटमा आन्दोलन चर्किए पनि पुथा उत्तरगंगा गाउँपालिका सर्वसाधारणहरुले खुशी मनाएका छन्। कोलका बासिन्दाहरु घरघरमा दिपावली गरेर सरकारको निर्णयलाई स्वागत गरे।

सरकारले रुकुम (पूर्व) का पूर्वी क्षेत्रका बासिन्दाहरुको भावना अनुसार निर्णय गरेका यहाँ धुव्र पुनले बताए। यस निर्णयलाई कार्यान्वयन गर्न समेत यहाँका बासिन्दाहरुले माग गरेका छन्। ‘रुकुम (पूर्व) का जनताका लागि न्याय नै दिने हो भने सरकारले गरेको निर्णय ढिक छ’ धुव्रले भने, ‘यदि रुकुमकोटका जनतालाई मात्र खुशी पार्ने हो भने रुकुमकोट ठिक छ।’ तर सरकार रुकुमकोटवासीलाई मात्र भन्दा सबै जिल्लावासीलाई धेरेर न्यायोचित व्यवहार गर्नु पर्ने यहाँ कर्मसिंह घर्ती मगरले बताए। यहाँका सर्वसाधारणहरु खुशी भएका छन्। जसले वर्षौ देखीको अन्यायलाई चिर्दै न्याय पाएको पूर्वी क्षेत्रका बासिन्दाहरुको भनाई छ।

गोलखारामा सदरमुकाम बनाउने निर्णय यहाँका बासिन्दाहरुका लागि पर्व भएकाले घरघरमा दिपावली गरिएको यहाँका बासिन्दाहरुको भनाई छ। यो खुशीको क्षणलाई दिपावलीको रुपमा मनाएको यहाँका बीरजित बुढाले बताए।

भौगोलिक दृष्टिकोणले सबैका पायक पर्ने ठाउँ भएकाले गोलखारामा नै सदरमुकामका लागि उपयुक्त स्थान भएको यहाँका बासिन्दाहरुको भनाई छ। अहिले यहाँ भेगीय आन्दोलन चर्किएको छ। रुकुम (पूर्व) का पश्चिम क्षेत्रका बासिन्दाहरु रुकुमकोटमा सदरमुकाम बनाउन सरकारले निर्णयमा पुर्नविचार गर्नु पर्ने बताउँदै आएका छन् भने रुकुम (पूर्व) पूर्वी क्षेत्रका बासिन्दाहरुले उक्त निर्णय कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन्। राजनीति स्वार्थका कारण जनता जनता माझ विवाद पैदा नभएको रुकुमकोटका बलवहादुर शाहीले बताए। जिल्लामा अब पुराना नेतालाई विस्थापित गरि नयाँ राजनीतिक नेतृत्व छनौट गर्नु पर्ने उनले बताए।

नाका बन्द

रुकुम (पूर्व) प्रस्तावित सदरमुकाम रुकुमकोटबाट गोलखारा स्थायी सदरमुकाम बनाउने मन्त्रिपरिषद्को निर्णय पश्चात यहाँका बासिन्दाहरुले चारै तिरका नाकाहरु बन्द गरेका छन्। सडकमा ठूला खाल्डा खनेर उनीहरु यातायातका साधन चल्न नमिल्ने गरि नाकाहरु बन्द गरेका छन्। नाका बन्द हुँदा यहाँ सवारी साधन चल्न सकेका छैनन्। रुकुम (पूर्व) को पूर्वी क्षेत्रमा खाद्यान्न लगाएतका दैनिक उपभोग्य बस्तुहरु निर्यात र आयात हुन सकेको छैन।

जनप्रतिनिधिहरुले राजीनामा दिने

रुकुम (पूर्व) को सदरमुकाम हेरफेर नभए सिस्ने गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले राजीनामा दिने भएका छन्। रुकुमकोटको आन्दोलनमा बोल्दै सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले नैतिकताका हिसाबले पनि सबै जनप्रतिनिधिहरुले राजीनामा दिने बताइन्। काम चलाउ सरकारले गम्भिर निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय सच्याउनु पर्ने बताइन्। ‘अहिलेसम्म सरकारले निर्णयमा पुनर्विचार गर्छ भन्ने विश्वास छ’ उनले भनिन्, ‘यदि उक्त निर्णय नसच्चिए कडा आन्दोलनमा उत्रन्छौं।’

 

प्रकाशित: १४ माघ २०७४ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App