७ वैशाख २०८१ शुक्रबार
खेल

मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

इटहरी- थ्रीस्टार क्लब काठमाडौले इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि चुमेको छ। शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा थ्रीस्टारले मनाङ् मस्र्याङ्दी क्लब काठमाडौलाई १–० गोलले हराउदै उपाधि चुमेको हो। उपाधिसँगै थ्रीस्टारले १२ लाख नगद सहित २.५ तोला सुन र ८० तोला चाँदीबाट निर्मित ट्रफि हात पारेको छ।

खेलको पहिलो हाफको ३६ औ मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङ्को उत्कृष्ट प्रहारले जाली चुमेको थियो। चेम्जोङ्को प्रहार नै निर्णयक बन्न पुग्यो। एक गोलले पछि परेको मनाङ्ले बारम्वार गोल गर्ने प्रयास गरे पनि गोल हुन सकेन्।

खप्तड गोल्डकपमा क्वाटरबाटै पराजय भोगेर फर्किएको थ्रीस्टारले इटहरी गोल्डकपमा भने सफलता हासिल गरेको हो । मनाङ् उपविजेता भएसँगै नगद पाँच लाखमा चित्त बुझाउनु परेको छ। 

 फाईनल खेलको म्यान अफ दि म्याच थ्रीस्टारका बुद्ध चेम्जोङ भए । उनले नगद १० हजार पाए। प्रतियोगिताका सर्वेकृष्ट खेलाडी  थ्रीस्टारका अनन्त तामाङ् भए। उनले २५ हजार नगद सहित ४२ इन्चको टिभी प्राप्त गरे । वेष्ट गोलकिपर थ्रीस्टारका एलिन न्यौपाने भए । उनले नगद २० हजार पाए । यस्तै, वेष्ट डिफेण्डमा मनाङ्का विराज मर्हजन भए । उनले नगद २० हजार पाए।

 वेष्ट मिडफिल्डरमा मनाङ्का हेमन गुरुङ् भए । उनले पनि नगद २० हजार पाए । वेष्ट फरर्वडमा थ्रीस्टारका अजय मार्टिन भए । उनले नगद २० हजार पाए । हाईस्कोर भने सुजन श्रेष्ठ र अजय मार्टिन भए । दुवैले खेलअवधीभर वरावरी गोल गरे पछि १५÷१५ हजार नगद पाए । वेष्ट कोचमा थ्रीस्टारका मेघराज केसी भए । उनले नगद २० हजार पाए।

 

प्रकाशित: १३ माघ २०७४ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App