कर्पोरेट कुराकानी

उद्योग गर्ने डिएनएका धनी

शुक्रबार, १२ माघ २०७४, १५ : ३९ नागरिक


गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालमा करिब एक सय वर्षअघि औद्योगिक जग राख्ने रामलाल गोल्छाका नाति शेखरको पुस्ता अहिले उद्यम र व्यापारमा छाएको छ । मुलुकको संक्रमणकालीन अवस्थामा व्यापारमा लागेको भए पनि आफूहरूको चाहना उद्यम नै भएको दाबी उनको छ । उनको वंशजले जुट उद्योगबाट सुरु गरेको औद्योगिक यात्रामा शेखरहरूले नयाँ–नयाँ इँटा थपेका छन् । गाडी, टेलिभिजन, स्टिल मात्र होइन, कृषि उद्यममा पनि लागिपरेको गोल्छा अर्गनाइजेसनका शेखर भन्छन्, ‘हामीहरूको शरीरमा उद्योगका डिएनए छन् ।’ शेखरसँग मुलुकको औद्योगिक अवस्था लगायतका विषयमा नागरिक परिवारका लागि विश्वमणि पोखरेलले गरेको वार्ता:

गोल्छा अर्गनाइजेसन भन्ने बित्तिकै नेपालमा सबैभन्दा धेरै रोजगारी दिने औद्योगिक घराना भनेर चिनिन्छ । कस्तो छ अहिलेको अवस्था?

गोल्छा अर्गनाइजेसनको लामो इतिहास छ, झण्डै १०० वर्षको औद्योगिक इतिहास छ । मेरो हजुरबुबा रामलाल गोल्छाले त्यसैबेलादेखि औद्योगिक योजना बनाउनु भएको हो । नेपालमा सबैभन्दा पहिला आज भन्दा ८० वर्षअगाडि विराटनगरमा जुट मिल स्थापना गराएर नेपालले औद्यौगिक यात्रा सुरु गरेको हो । त्यसबेलाको राणा शासनको समयमा नेपालमा उद्योग राख्नुपर्छ, नेपालमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्छ भनेर त्यसबेला उद्योगका लागि आवश्यक कानुन बनाइदिनुप¥यो भनेर विराटनगरबाट काठमाडौं आउनु भएको हो । उहाँको धेरै प्रयासपछि त्यसबेलाका राणा प्रधानमन्त्रीले अनुमति दिएपछि विराटनगर जुट मिल स्थापना भएको हो । त्यसैबेलादेखि नेपालमा उद्योगको थालनी भएको मानिन्छ । अहिले पनि हाम्रो अर्गनाइजेसनको मूलमन्त्र नेपालमा जति हुनसक्छ, रोजगारी सिर्जना गर्न सकौं, नेपाललाई बढीभन्दा बढी आत्मनिर्भर बनाउन सकौं, नेपालमा खपत हुने कुनै पनि औद्योगिक वस्तु नेपालीको भ्यालु एडिसन हुनुपर्छ भन्ने मान्यतामा हामी छौं । अहिले पनि गोल्छा अर्गनाइजेसनले प्रत्यक्ष रुपमा १७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

पहिले हामी मोटरसाइकलको व्यापार मात्र गथ्र्यौं । अहिले नेपालमै उत्पादन गर्ने अवस्थामा छौं । हामीले यहाँ मोटरसाइकल फिट गरेर थोरै भए पनि भ्यालुएड गर्न सकेका छौं । इलेक्ट्रोनिक्समा पनि हामी टेलिभिजन उत्पादन गर्छौं, त्यहाँ करिव ४ सय नेपालीले रोजगारी पाएका छन्, थोरै भए पनि भ्यालु एड भएको छ ।

उद्योगको जग बसाउने परिवारको सदस्य भएर पनि अन्य औद्योगिक संस्थाजस्तै तपाईंको घराना पनि व्यापारमा केन्द्रित छ । धेरै घरानाहरु उद्योग छाडेर व्यापारमा मात्र सीमित हुने त होइन ?

नेपालमा दुई दसक संक्रमणकाल रह्यो । यस बेला उद्योगलाई राम्रो वातावरण हुन सकेन । चुनौतीहरू धेरै रहे । सबैभन्दा ठूलो चुनौती भनेको सरकार आफैँ राजस्वमुखी बनेर गयो । जुनबेला राज्य राजस्वमुखी हुन्छ, त्यस्तो बेलामा उद्यम उद्योगबाट व्यापारतर्फ उन्मुख हुन्छ । सरकारलाई राजस्व चाहिएको हुन्छ र उसको प्राथमिकता राजस्व असुल्नेमा केन्द्रित हुन्छ । हुन त सबै नीतिनिर्माताले उद्योगका लागि हामी हात काटेर दिन तयार छौँ, आफ्नै मासु काटेर दिनुपरे पनि दिन तयार छौं भन्ने गरेका छन् । सत्यता के हो भने, नेपालमा उद्योग राख्न आजका दिन पनि धेरै चुनौती छन् । उद्योग संचालन गरेर नाफामुखी बनाउन धेरै समस्या छन् । जहाँसम्म गोल्छा अर्गनाइजेसन उद्योगबाट व्यापारतर्फ उन्मुख भएको कुरा छ । गोल्छा अर्गनाइजेसनका हामीहरूको डिएनएमा उद्योग नै छ । अहिले पनि हामीहरू उद्योगमै जान खोजेका छौं । जस्तो उदाहरणमा मोटरसाइकललाई लिऔं । पहिले हामी मोटरसाइकलको व्यापार मात्र गथ्र्यौं । अहिले नेपालमै उत्पादन गर्ने अवस्थामा छौं । हामीले यहाँ मोटरसाइकल फिट गरेर थोरै भए पनि भ्यालुएड गर्न सकेका छौं । इलेक्ट्रोनिक्समा पनि हामी टेलिभिजन उत्पादन गर्छौं, त्यहाँ करिव ४ सय नेपालीले रोजगारी पाएका छन्, थोरै भए पनि भ्यालु एड भएको छ । म के भन्न चाहन्छु भने हाम्रो डिएनएमा उद्यम नै छ तर नेपालमा अर्कै स्थिति भएकाले हामीले चाहे जति गर्न सकिरहेका छैनौं ।

संक्रमणकालमा राज्य राजस्व असुलीमा केन्द्रित भयो र उद्यम पनि व्यापारतर्फ  मोडिएको चर्चा गर्नुभयो । यसका पछाडि राज्य दोषी हो वा व्यापारका पछाडि लाग्ने औद्योगिक घराना बढी दोषी हुन् ?

कमी–कमजोरीका हिसाबले हेर्ने हो भने मलाई लाग्छ, हामीमा धेरै समस्या छैन । मैले भनिसकेको छु हाम्रो शरीरमा औद्योगिक डिएनए छ तर यो दुई दसकका बीचमा उद्योगका लागि आएका चुनौतीहरूको आधारमा विश्लेषण गर्नुपर्छ । जस्तो ऊर्जाको ठूलो समस्या । जेनरेटरमा उद्योग चलाउन धेरै गाह्रो हुन्छ । त्यस्तै श्रम समस्या एकदमै नराम्रोसँग बिग्रियो । हाम्रो उत्पादन मूल्य अत्यधिक रह्यो । जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रह्यो । त्यस्तै राजस्वसम्बन्धी नीति पनि उद्योगप्रति सकारात्मक रहेन । राजस्व नीति लगानीमैत्री हुन सकेनन् । त्यसबाहेक उद्योग स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार, हाइवे, एयरपोर्ट, बिजुली एकदमै अपुग रह्यो । त्यसैगरी उद्योगका लागि जग्गाको अधिग्रहणजस्ता कुरा पनि उत्तिकै समस्या रहे । स्थानीय समस्याहरू पनि प्रशस्तै रहे । स्थानीय सरकार नभएको अवस्थामा एकदम धेरै समस्या देखिए ।

यस्तो अवस्थाका पछाडि माओवादी सशस्त्र द्वन्द्व पनि कारण होला !

निश्चय पनि असर गर्याे । सरकार राजस्वमुखी बन्नुका पछाडि पनि द्वन्द्व कारक रह्यो । जब देशमा द्वन्द्व वा आन्दोलनको अवस्था रहन्छ, त्यस्तो बेला जोखिमको मापदण्ड उच्च रहन्छ । त्यस्तो लगानीमा जोखिम धेरै हुन्छ । त्यस्तो बेलामा उद्योगहरू कम जोखिममा चल्न खोज्छन् । जसका कारण उद्यमबाट व्यापारमा रुपान्तरणको अवस्था आउँछ । मुलुकको अवस्थाले गर्दा नै औद्योगिक घराना व्यापारमा केन्द्रित हुन खोज्छन् तर म के भन्न चाहन्छु भने यो निश्चित समयका लागि हो, हामी उद्योगमै जान्छौं ।

दुई दसकको संक्रमणकालपछि मधेस आन्दोलन, जनजाति आन्दोलनपछि संविधान बनेर स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभा चुनाव भैसकेको छ । निर्वाचित सरकार बन्ने अवस्था छ । अहिलेको राजनीतिक अवस्थालाई कसरी लिइराख्नु भएको छ एउटा उद्यमीका रुपमा ?

अहिलेको राजनीतिक अवस्थालाई उत्साहजनक भन्नुपर्छ । मलाई लाग्छ, यो भन्दा उत्साहजनक अवस्था अब आउँदैन । दुई दसक पछिको उत्साहजनक अवस्था हो अहिले । दुई दसक पहिलाको एउटा अवस्था थियो, जुन बेला अर्थतन्त्रको वृद्धिदर ७÷८ प्रतिशत पुगेको थियो । यो आर्थिक अवस्था लामो समयसम्म रहन सकेन । विभिन्न राजनीतिक कारणले त्यस्तो उत्साहजनक अवस्था कायम रहेन । यसबीच हामी औसत २÷३ प्रतिशतको आर्थिक वृद्धिदरको अवस्थाबाट गुज्रियौं । मलाई लाग्छ, अहिलेको अवस्था भनेको नेपालको स्वर्णीम युगको प्रारम्भको अवस्था भन्नुपर्छ । जनताले स्थायी सरकारका लागि भोट गरेका छन् । स्थायी सरकार आउँछ भनी आशा गरौँ । स्थायी सरकार आएको खण्डमा सबैजसो राजनीतिक पार्टीहरूले राजनीतिक एजेन्डा समाधान भएको र अब आर्थिक तथा भौतिक विकासको योजनामा जानुपर्छ भनेका छन् । राष्ट्रलाई आर्थिक रुपले मजबुत बनाउने कुरामा सबैजसो पार्टी एकमत देखिएका छन् । राजनीतिक पार्टीहरूले आफ्ना घोषणापत्रहरूमा यस्तै कुरा लेखेका छन् । मैले अहिलेको राजनीतिक अवस्थालाई सकारात्मक रुपमा लिएको छु । म आशावादी छु, उद्योगहरूका लागि राम्रो अवस्था आउँदैछ । यस्तो हुन सक्यो भने रोजगारीका लागि विदेश जाने नेपालीलाई रोक्न सक्छौं । एउटा ठूलो मौका भन्ने ठान्छु म अहिलेको अवस्थामा ।

खासमा हाम्रो बैंकिङ्ग सिस्टम एकदमै सानो छ । जब हामी ७÷८ प्रतिशतको आर्थिक वृद्धिको कुरा गर्छौं भने हाम्रो बैंकिङ सिस्टमले धान्न सक्तैन । निजी क्षेत्रका बैंकहरू ठूलो जोखिम मोल्नसक्ने अवस्थामा हुँदैनन् । ७÷८ प्रतिशतको वृद्धिदरमा योगदान गर्नसक्ने तयारी पनि हाम्रो बैंकहरूको छैन ।

यस्तो अवस्था हो भने तपाईंको विचारमा अब ठूलो रोजगारी दिनेगरी धमाधम उद्योगहरू आउने सम्भावना छ ?

हो, त्यो अवस्था देख्दैछु म । किनभने हामीले विगतमा चुनौतीहरू चिरेर अगाडि बढिसकेका छौं । कतिपय चुनौतीहरू फेस गर्नसक्ने स्थितिमा छौं हामी ।

तपाईं राम्रो अवस्था भन्नुहुन्छ । मुलुकको आर्थिक अवस्थाले त्यसो भन्दैन । बैंकहरू पैसा छैन भन्दैछन् र पैसा जम्मा खोजिरहेको अवस्था छ नि ?

खासमा हाम्रो बैंकिङ्ग सिस्टम एकदमै सानो छ । जब हामी ७÷८ प्रतिशतको आर्थिक वृद्धिको कुरा गर्छौं भने हाम्रो बैंकिङ सिस्टमले धान्न सक्तैन । निजी क्षेत्रका बैंकहरू ठूलो जोखिम मोल्नसक्ने अवस्थामा हुँदैनन् । ७÷८ प्रतिशतको वृद्धिदरमा योगदान गर्नसक्ने तयारी पनि हाम्रो बैंकहरूको छैन । त्यस्तो क्षमता पनि छैन, स्रोत पनि छैन । यस्तो बेलामा हामीले अब अर्कै तरिकाले सोच्नुपर्छ । त्यो भनेको कुनै न कुनै तरिकाले विदेशी लगानी भिœयाउने भन्ने हो ।  त्यो भनेको नेपालमा लगानी पनि हो र विदेशी बैंकहरूबाट ऋण लिनसक्ने अवस्था पनि हो । विदेशी ऋण लिने गरी हामी अगाडि बढ्न आवश्यक छ । हामीसँग यो बाहेकको विकल्प छैन । ठूलो परिणाममा विदेशी लगानी र ऋण लगानी हुन सकेको अवस्थामा मात्र ७÷८ प्रतिशत आर्थिक वृद्धिमा जान सकिन्छ । मेरो विचारमा हाम्रो आफ्नै वित्तीय संस्थाहरूकै भरमा ३ प्रतिशतको वृद्धि धान्न पनि मुस्किल छ ।

स्थायी सरकार गठन हुने कुरा र नेपालमा वैदेशिक लगानीको कुरालाई कसरी लिनु भएको छ ? अहिले जस्तो सरकार गठन हुने संकेत देखिदैछ, यस्तो सरकारले विदेशी लगानी र ऋण लिनसक्ने अवस्थामा सकारात्मक होला त ?

यसमा दुई मत हुँदैन । जुनबेला राष्ट्र संक्रमणकालमा हुन्छ, त्यस्तो बेलामा लगानी उच्च जोखिममा हुन्छ । त्यस्तो समयमा दीर्घकालीन लगानी आउन सक्तैन तर अहिले नेपालमा राजनीतिक स्थायित्वको सकारात्मक सन्देश प्रवाह भएको छ । हामीले चुनावहरू गराउन सकेका छौं । तीनवटै तहको चुनाव राम्रोसँग सम्पन्न भएका छन् । यस्तो नजिर अगाडि सारेको अवस्थामा हामीकहाँ वैदेशिक लगानी र ऋण आउन समस्या हुँदैन ।

वैदैशिक लगानी र ऋण प्रवाहबारे हाम्रो सरकारको धारणा र नीतिहरू कति स्पष्ट छन् ?

हामीसँग योबाहेक विकल्प छैन । यति लामो संक्रमणकालमा पनि हामी असफल राष्ट्र बनेनौं । राजस्व बढेको बढै छ । संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा पनि १५÷२० प्रतिशतले राजस्व बढेको हो । यसका पछाडि राज्यले लिएको उदार नीति नै हो । खुला अर्थतन्त्रको प्रभाव हो त्यो । त्यसैकारण हामी असफल राष्ट्र बनेनौं । यस हिसाबले आउँदा दिन पनि राम्रोसँग अगाडि जान्छ । आवश्यक नीति निर्माण गरेर अगाडि बढ्यौं भने हामीले पक्कै पनि ७÷८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसक्छौं । सरकारमा स्थायित्व, पर्यटन, विदेशी लगानी र विदेशी ऋणको प्रवाह हुने खाले नीतिनिर्माणहरूको बलमा हामी अगाडि जान सक्छौं ।

 हामी उद्यममा जाँदा राम्रो संभावना भएका क्षेत्रहरू के–के देख्नु भएको छ ?

जलविद्युत् सबैलाई जगजाहेर भएकै कुरा हो । पर्यटन व्यवसायको उत्तिकै सम्भावना छ । नेपालमा यो वर्ष मात्र १० लाख पर्यटक आएको देखिन्छ । एउटा सानो राष्ट्र भियतनामले आफ्नो जनसंख्याको २० गुणा बढी पर्यटक भिœयाउँछ । अहिले पर्यटन व्यवसायले ३ देखि ४ प्रतिशत मात्र रोजगारी सिर्जना गरेको छ, नेपालले । पर्यटन व्यवसाय विस्तार हुनेबित्तिकै हामीले ठूला रोजगारी सिर्जना गर्न सक्छौं । मलाई लाग्छ, आउँदो ३ वर्षमा हामी २० लाख पर्यटक भिœयाउन सक्छौं । यसका लागि सुरुवात भएको छ । निजी क्षेत्रले गर्ने काम गरिरहेको छ । होटलहरू बनाउने काम धमाधम भैरहेको छ । सरकारले गर्नुपर्ने कामहरू बाँकी छन् ।

सरकारले गर्नुपर्ने कामहरू के–के बाँकी देख्नुहुन्छ ?

एयरपोर्टहरू, हाइवेहरू, बिजुलीको उपलब्धता, सञ्चारजस्ता पूर्वाधारको काम सरकारले गर्नुपर्छ । मध्यपहाडी राजमार्गले ठूलो सम्भावना देखाएको छ । धेरै पर्यटक बढाउने हाम्रो एयरपोर्टको क्षमता नै छैन । यसका लागि ठूला एयरपोर्टहरू चाहियो । सरकारले युद्धस्तरमा काम गर्नुपर्छ, पूर्वाधार विकासमा ।

नेपालबाट दैनिक ठूलो संख्यामा युवाहरू विदेश जान्छन्, रोजगारीका लागि । उनीहरूलाई नेपालमै रोक्नसक्ने अवस्था छैन ? उनीहरूले विदेशमा पाएजस्तै सेवा सुविधा दिन सकिँदैन यहाँ ?

पक्कै पनि त्यत्ति सजिलो छैन तर अहिले पनि एउटा चुनौती उद्योगका लागि दक्ष जनशक्ति नै हो । भएका दक्ष जनशक्ति पनि विदेश गएको अवस्था छ । फेरि कसैलाई पनि म विदेशको भन्दा कम पैसा दिन्छु, यहाँ बसेर काम गर्नुस् भन्न मिल्दैन । हाम्रो भनाइ के हो भने देशमा रोगजारी सिर्जना भएपछि जो कसैले आफ्नै घरपरिवारमा बसेर रोजगारी गर्छु भन्ने वातावरण बन्न जान्छ । काम पाएको अवस्थामा देशमै बसेर काम गर्छु भन्ने युवाहरू पनि प्रशस्त छन् । यो चेतना बढेको छ । हामीले आफ्नै देशमा बसेर रोजगारी गर्ने स्थिति बसाल्न सक्यो भने धेरै जना आफ्नो गाउँमा, सहरमा बस्न चाहन्छन् होला ।

हामीले वार्षिक कति जतिलाई रोजगारी दिनसक्छौं जस्तो लाग्दछ तपाईंलाई ? झण्डै ४ लाख युवा वार्षिक रुपमा रोजगार बजारमा आउँछन् भनिन्छ नि ?

ठ्याक्क तथ्याङ्क त मसँग छैन । मलाइ लाग्छ– पर्यटन, उद्योग र सेवा क्षेत्र गरेर चार लाखमध्ये २० प्रतिशतलाई रोक्न सक्यौं भने पनि त्यो ठूलो कुरा हुन्छ । यो मेरो अनुमान मात्र हो । कुनै तथ्याङ्कको आधारमा भनेको होइन । यत्ति हो, उद्यमले गति लिएपछि त्यसले रोजगारी सिर्जना गरिहाल्छ ।

नेपालमा ठूलो परिणाममा कर छली हुन्छ र त्यसमा भन्सार प्रशासक तथा उद्यमी व्यापारीहरूको मिलोमतोको कुरा हुन्छ । यस्ता आरोपबारे के भन्नुहुन्छ । को हो प्रमुख दोषी ?

नेपाल दक्षिण एसियामै सबैभन्दा बढी राजस्व उठाउन सक्ने देशको रुपमा चिनिन्छ । राजस्व असुल गर्ने क्षमता नेपालको राम्रो मानिन्छ । ९५ प्रतिशतको हाराहारीमा राजस्व असुली भैरहेको तथ्याङ्कहरू छन् । हाम्रो देशको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर ३÷४ प्रतिशत रहेको भए पनि राजस्वको वृद्धिदर १५ प्रतशित बढी अर्थात् झण्डै ४÷५ गुणा बढी छ । यसबाट नेपालको निजी क्षेत्रले राजस्व तिरेन भन्न मिल्दैन तर कहिलेकाहीँ कुनै एउटा सानो समूहले कुनै गल्ती ग¥यो भने त्यसको दोष पूरै उद्यमीलाई लाग्ने गरेको छ । त्यस्तो काम गर्ने १÷२ प्रतिशतका कारण नीतिनियम यस्ता बन्छन् कि जो राजस्व तिर्न चाहन्छ, उसले मात्र दुःख पाउँछ । म के भन्छु भने राजस्व नीति लगानीमैत्री हुनुपर्छ । तीस हजार राजस्व तिर्न ६० हजार खर्च गरेका समाचारहरू सुनिन्छन्, पढिन्छन् । अरु पनि त्यस्ता प्रशासनिक अवरोधहरू छन् । एउटा उद्यमीले कर तिर्नका लागि ८÷९ वटा सरकारी निकायमा धाउनुपर्ने बाध्यताहरू छन् । के देखिन्छ भने कुनै न कुनै रुपमा निजी क्षेत्रबाट राजस्व असुल्ने काम भैरहेका हुन्छन् । यो धेरै भयो । निश्चित एउटा निकायमा गएपछि काम सम्पन्न हुने नीति आवश्यक हुन्छ । यसले गर्दा विकृतिहरू पनि आएका छन् । यसमा सहजीकरण हुनुपर्छ । हामी राष्ट्रलाई योगदान गर्न चाहन्छौं भन्नेहरूप्रति सरकारको सकारात्मक सोच हुन आवश्यक छ । सरकार र उद्यमी सहयात्रीको रुपमा अगाडि जान सकिन्छ । सरकारले हामीलाई अर्को पक्ष वा डिफेन्सिभ अवस्थामा नराखेर एउटै पक्ष सम्झने मानसिकताका साथ अगाडि बढ्नुपर्छ ।

संघीयतामा गैसकेपछि अब राम्रो नराम्रो भन्ने बहसको कुरा रहेन । अब यसलाई कसरी राम्रो बनाउने हाम्रो सोच हुनुपर्छ । संघीयता राम्रा पक्षलाई हामीले लिने र नराम्रा पक्षलाई फेस गर्न सक्नुपर्छ । राम्रो पक्ष भनेको उद्योग स्थापना र संचालनमा स्थानीय पक्षलाई मिलाउन एकदम ग्राहो थियो ।

न्यून बिजकीकरण (अन्डर इन्भोइस) को कुराहरूलाई कसरी लिने ?

हाम्रो धेरै व्यापार भारतसँग हो र न्यून बिजकीकरणको समस्या पनि त्यही हुने हो तर भारतमा जिएसटी लागू भएपछि अब त्यो अवस्था रहँदैन । जिएसटी भनेको हाम्रो भ्याटजस्तै एउटा कर व्यवस्था हो । भारतसँग हाम्रो व्यापार ७० प्रतिशत छ र त्यहाँ जिएसटी लागू भएकाले अब न्यूनबिजकीकरणको सम्भावना देखिँदैन । अब भन्सार राजस्व पनि बढ्छ ।

हाम्रो व्यापार दक्षिणतर्फ निर्भर छ र केही वर्षयता उत्तरतर्फ पनि व्यापार विस्तार हुनुपर्छ भन्ने आवाजहरू मुखरित भैरहेका छन् । कसरी लिनुहुन्छ यो मामलालाई ? कस्तो छ, उत्तरसँगको सम्भावना ?

मेरो विचारमा व्यापार भनेको राष्ट्रियतामा आधारित हुनुहुँदैन । जहाँ सस्तो हुन्छ, व्यापार उतैतिर बग्ने हो । हाम्रो निर्भरता एकै ठाउँमा हुनु पनि राष्ट्रका लागि राम्रो होइन । हाम्रो व्यापार विभिन्न क्षेत्रमा विभाजित हुन आवश्यक छ । हामीले अरुअरु बाटो पनि खोज्नुपर्छ किनभने हामीले पटक–पटक यस्ता चुनौती झेलेका छौं । आन्तरिक वा वाह्य समस्या हामीले नाकाबन्दी सहेका छौं । यस्तो अवस्था फेरि नआओस् भनेर अन्य विकल्पहरूमा जानुपर्छ ।

  नेपाल संघीयतामा गइसकेको छ । एउटा उद्यमीको नाताले संघीयतालाई कसरी लिनुभएको छ । विराटनगरमा उत्पादन भएको औद्योगिक सामान काठमाडौं ल्याउनुपर्दा अब तीनवटा प्रदेशको यात्रा गर्नुपर्छ । यसले उद्यम व्यापारमा के कस्तो असर पार्छ ?

हामी संघीयतामा गैसकेका छौं । यो संघीयता राम्रो वा नराम्रो भन्नुको अर्थ रहेन अब । संघीयतामा गैसकेपछि अब राम्रो नराम्रो भन्ने बहसको कुरा रहेन । अब यसलाई कसरी राम्रो बनाउने हाम्रो सोच हुनुपर्छ । संघीयता राम्रा पक्षलाई हामीले लिने र नराम्रा पक्षलाई फेस गर्न सक्नुपर्छ । राम्रो पक्ष भनेको उद्योग स्थापना र संचालनमा स्थानीय पक्षलाई मिलाउन एकदम ग्राहो थियो । जमिन खरिद वा अधिग्रहणका कुरामा पनि स्थानीय अवरोधहरू प्रशस्त आउने गरेका थिए । स्थानीय समस्याकै कारण जलविद्युत आयोजनाहरू अगाडि बढ्न नसकेका उदाहरणहरू छन् । अब प्रदेश सरकार र स्थानीय तह आइसकेपछि विगतका त्यस्ता समस्या नआउलान् भन्ने विश्वास छ । समस्या आइहाले पनि ती निकायबाट समाधानको भूमिका हुन्छ भन्ने लाग्छ । प्रदेशहरूले उद्योगहरू धेरैभन्दा धेरै आऊन् भनेर सहुलियत दिने, कर छुट दिनेजस्ता नीति लिन सक्छन् । आशा गर्न सकिने ठाउँ छन् । त्यस्तै नकारात्मक पक्ष पनि छन् । त्यो भनेको अनावश्यक करहरू लगाउन भएन । कुनै प्रदेशले आफ्नो क्षेत्रमा भएर उद्योगलाई दुःख दिए भने त्यस्तो अवस्थामा उद्योगहरू पलायन हुने अवस्था हुन्छ । दुइटै पक्ष केलाएर अघि बढ्नुको विकल्प हामीसँग छैन ।

म बिहान साढे पाँच हाराहारीमा उठिसकेको हुन्छु । दैनिक २ घण्टा योग, मर्निङ वाक वा साइक्लिङमा बिताउँछु । आजकल अलिकति मेडिटेसन, ध्यानतिर पनि जान थालेको छु । करिब १० बजे अफिस पुगिसक्छु । म साकाहारी हुँ ।

यति ठूलो उद्यम व्यापार सम्हाल्नु भएको छ । टाइम कसरी म्यानेज गर्नुहुन्छ ? परिवारलाई कसरी कति टाइम दिनुहुन्छ ? तपाईं घुमफिरमा रुचि राख्ने व्यक्ति पनि हो नि ?

हाम्रो उद्यमयात्रा एक सय वर्षअघि देखिको हो । हामी पूर्ण व्यावसायिकतामा चलेका छौं । हाम्रा विभिन्न काम गर्ने जिम्मेवार व्यक्तिहरू छन् । ती व्यवस्थापककै कारण म समय निकाल्न सक्छु, परिवारलाई केही समय दिन्छु । मेरो पेशागत संस्था उद्योग वाणिज्य महासंघलाई पनि समय दिन सकेको छु । घुमफिर पनि उत्तिकै गर्छु । हाम्रो अर्गनाइजेसनमा एउटा व्यावसायिक परिपक्वता छ । त्यसैले म आफ्ना लागि समय निकाल्न सक्छु ।

 तपाईंको दैनिकी कस्तो छ ?

म बिहान साढे पाँच हाराहारीमा उठिसकेको हुन्छु । दैनिक २ घण्टा योग, मर्निङ वाक वा साइक्लिङमा बिताउँछु । आजकल अलिकति मेडिटेसन, ध्यानतिर पनि जान थालेको छु । करिब १० बजे अफिस पुगिसक्छु । म साकाहारी हुँ । जति चाहिन्छ, त्यति मात्र खाने हो । म अहिले ५१ वर्षको भएँ । २७ वर्षअघि मेरो विवाह सीमासँग भएको हो । उनी गृहिणी हुन् । छोरा अभिमन्यू अहिले अर्गनाइजेसनमै रहेर मलाई सघाइरहेको छ । पढाई सकेर आएर काममा सघाउन थालेको हो । छोरी गरिमा बेलायतमा अध्ययन गर्दैछिन् ।

परिवारको कत्तिको सपोर्ट हुन्छ बिजनेसमा ?

छोराले बिजनेसमा सघाउन नै थालिसकेको छ । पत्नीले पनि बेलाबेलामा सहयोग गर्छिन् । एक किसिमले हामी पूरै परिवारनै बिजनेसमा छौं । हाम्रो जीवन नै यही हो ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म...

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ २ चैतमा देशव्यापी प्रदर्शनमा आउने भएको छ ।...

जेठमा उड्छ ‘चंगा’ !

जेठमा उड्छ ‘चंगा’ !

पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चंगा’ अर्को वर्षको जेठ २५ गते रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी...

नेपाल भाषा संगीत साँझ हुने

नेपाल भाषा संगीत साँझ हुने

कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ‘एकल लाइभ म्युजिक इभेन्ट’ मा...