८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने तयारीमा रुकुमवासी

रुकुम – सरकारले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० गोलगोल खाँडलमा बनाउने निर्णय गरेपछि रुकुमकोटवासीहरू आन्दोलित भएका छन् । उनीहरू बिहीबार राती १० बजेदेखि नै आन्दोलित भएका हुन्।

आन्दोलित रुकुमवासीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्। सदरमुकाम रुकुमकोट आउने सबै नाकाहरु बन्द गरेका छन्। सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयार भइ रहेको यहाँका बुद्धिजीवि बलवहादुर शाहीले जानकारी दिए। ‘सरकारी कामकाज समेत सुरु भई सकेको रुकुमकोटबाट गोलगोल खाँडलमा सार्ने निर्णर्य जनताको विपक्षमा छ उनले भने, यो कुनै पनि हालतमा स्वीकार्य छैन् । सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ’ उनले भने।

रुकुमवासीले विहीबार साँझ पाँच सय ५१ सदस्यीय संघर्ष समिति समेत निर्माण गरेका छन् । सदरमुकाम रुकुमकोट कायम नगरेसम्म विभिन्न आन्दोलनहरू गर्ने यहाँका बासिन्दाहरूको भनाई छ । स्थानीय जनप्रतिनिधि, स्थानीय, बुद्धिजिवी, सर्वसाधारणहरु आन्दोलनमा होमिएका छन् । यस अघि सरकारले प्रस्तावित सदरमुकाम रुकुमकोटलाई कायम गरेको थियो । हाल यहाँ सरकारी संरचनाहरू निर्माण भइरहेका छन् । आन्दोलनसँगै जिल्ला प्रशासन घेराउ, बजार, शिक्षालय, सरकारी कार्यालय, यातायात बन्द गर्ने कार्यक्रम रहेको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।

सरकारले निर्णय गरेको स्थानमा जिल्ला सदरमुकाम हुन नसक्ने यहाँका वासिन्दाहरुको भनाई छ। उक्त स्थानमा पुर्वाधारहरू निर्माण नभएको र रुकुमकोट उपयुक्त स्थान भएको रुकुमकोटवासीहरूको भनाई छ। नन्दलाल शर्मा र हरिकृष्ण गौतमको नेतृत्वमा आन्दोलन चर्किएको छ।

प्रकाशित: १२ माघ २०७४ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App