coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सहुलियतमा हवाई टिकट उपलब्ध गराउने सम्झौता

युएई -  वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत धादिङबासी नेपालीहरुले सस्तोमा हवाई टिकट पाउने भएका छन्। युएईमा स्थापित रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था धादिङ समाज युएईले  ग्रीनलाईन ट्राभल्ससंग आफ्ना आजिवन सदस्यहरुलाई सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने गरि सम्झौतामा गरेको छ। 

समाजका आजिवन सदस्यहरुलाई एक बर्ष सम्म सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने गरी धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापा र ग्रीनलाईन ट्राभल्सका संचालक ठाकुरप्रसाद ढुंगानाले  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

एक बर्षको लागि गरिएको सम्झौतामा समाजका आजीवन सदस्यहरुले  ग्रीनलाईन ट्राभल्स मार्फत हवाई टिकट लिई नेपाल  गएमा गत नोभेम्बर १ देखि अगस्ट ३१ सम्म ९९० दिहराममा दुई तर्फी र ५५० दिहराममा एकतर्फी हवाई टिकट लिन पाउने छन्। त्यसैगरी आगामी सेप्टेम्बर १ देखि अक्टोबर अन्तिम सम्मको लागि १२०० दिहराममा दुई तर्फी र ७५० दिहराममा एकतर्फी हवाई टिकट लिन सक्ने छन्।

“समाजले आफ्ना आजीवन सदस्यहरुको सेवासुविधालाई ध्यानमा राखी यो सम्झौता गरेका हौ” धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले नागरिकन्युजसंग भने, ‘त्यसैले धादिङबाट युएईमा आएर अहिले सम्म पनि  समाजको सदस्यता नलिनुभएका अन्य धादिङबासी नेपालीहरुलाई समाजको सदस्यता लिन आग्रह गर्दछु।‘

 जिल्ला प्रशासन कार्यालय धादिङमा समेत दर्ता गरी काम गर्दै आईरहेको समाजले यस अघिनै आफ्ना आजीवन सदस्यहरुलाई वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा एक लाख रुपैयाँ र घाइते तथा अंगभंग भएमा पचास हजार रुपैया दिने घोषणा गरि  कार्यान्वयनमा समेत ल्याई सकेको छ।  

 

प्रकाशित: १० माघ २०७४ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App