७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजक र कोलकत्ता भिड्दै

सुनसरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ्ङ क्लब कोलकोताका भारत भिड्दैछन। 

खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ।

यसअघि सोमबारको खेलमा विजयी हुदै त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। 
इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको डुक युनाइटेडलाई ५–० को भारी अन्तरले हराउँदै  आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । अब आर्मीले सेमिफाइनलमा बुधबार थ्रिस्टारसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। 

आर्मीका लागि पदम तामाङ् र दिनेश हेनजमले २–२ गोल गरे । अर्को गोल भने टंक बस्नेतले गरे । आर्मीलाई जित दिलाउने क्रममा पदमले पहिलो हाफको २० औं र ४० औं मिनेटमा गोल गरे । दोस्रो हाफको १६ र ३४ औं मिनेटमा दिनेशले गोल गरे । अर्को गोल दोस्रो हाफको ३० औं मिनेटमा टंक बस्नेतले गरेका थिए।

दुई गोल गरेको दिनेश ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई प्रदेशसभा सदस्य सर्वध्वज सावाले नगद १० हजार प्रदान गरे। 

प्रतियोगिताको विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदीबाट निर्मित ट्रफी प्राप्त गर्नेछ । उपविजेतालाई नगद ५ लाख प्रदान गरिनेछ।  

 

प्रकाशित: ९ माघ २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App