coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

संखुवासभा – संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।

सभाखोलामा ईन्भटरबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ। प्रहरीले ईन्भटर, माछा मार्ने जाली लगायतका सामग्री बरामद गरेको छ।

प्रकाशित: ५ माघ २०७४ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App