७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली सेनाद्वारा शितलहर पीडितलाई कम्बल वितरण

बारा – नेपाली सेनाको चन्दननाथ गणले शुक्रबार शितलहर पीडितहरुलाई कम्बल बितरण गरेको छ। कलैया उपमहानगरपालिका १७ मा रहेको गणले जितपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न टोलका दुई सय जना अति बिपन्न गरिब परिवारलाई कम्बल बितरण गरेको हो।

चन्दन गणका प्रमुख सेनानी सन्तोष कार्कीले जितपुरसिमरा उपमहानगरपालिकाका वडा ५ नदी टोल र नटुवा गाउँमा रहेको  गरिब दलित र बिपन्न दुई सय परिवारलाई कम्बल बितरण गरेको बताए। गोपाल प्रमिल स्मृति ट्रस्टबाट सहयोगर्थ प्राप्त भएको कम्बललाई बाहिनीपति सहायक रथी संजय सिंह भण्डारीको हातबाट वितरण गरिएको कार्कीले बताए ।

उनका अनुसार चन्दन गणले पुस २८ गते पनि पचरौता नगरपालिका, बारागढी गाउँपालिकाको बिभिन्न टोलहरुमा पनि दुई सय जना गरिब, बिपन्न गरिबारहरुलाई कम्बर बितरण गरेको थियो।

प्रकाशित: ५ माघ २०७४ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App