coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘एक करोड मूल्यका बल्ब खरीदका त्रुटी छ’

इटहरी- इटहरी उपमहानगरपालिकाले सिएफएल बल्ब खरीद प्रक्रियाका दोषीलाई कारबाही गर्न कानुनी जटिलता भएको जनाएको छ। बिना प्रतिस्पर्धा झन्डै एक करोड रुपैयाँ बराबरका सिएफएल बल्व खरिदमा त्रृटि भएको ठहर भए पनि कानुनी जटिलताका कारण दोषीलाई सिधै कारबाही गर्न समस्या भएको उपमहानगरपालिकाले जनाएको हो।

पत्रकार सम्मेलन गरि मेयर द्दारिलाल चौधरी र प्रमुख प्रसाकीय अधिकृत पीताम्बर अधिकारीले बल्ब खरीद प्रक्रियामा त्रृटि भएको स्बिकारेता पनि दोषीलाई कारबाही गर्न कानुनी जटिलता रहेको जिकिर गरे।

मेयर चौधरीले कानुनी जटिलताले गर्दा प्रशासकीय अधिकृतलाई कोही कर्मचारीलाई निलम्बन वा कारबाही गर्न आदेश दिएपनि मान्ने वा नमान्ने टुंगो नहुँदा समस्या भएको बताए। मेयर चौधरीले चालु आर्थिक बर्षको साउनदेखि कात्तिकसम्म बल्ब खरीदमा त्रृटि भएको स्विकार गर्दै उनले यसरी सामान खरीद गरेर भुक्तानी दिनुमा कर्मचारीकै दोष भएको आरोप लगाए। मेयर चौधरीले तत्कालिन कार्यकारी अधिकृत सागर मिश्रमाथि बढी दोष लगाए।

‘कार्यकारी अधिकृत टीकादत्त राई भएको भए समस्या हुने थिएन्। उहाँ सरुवा हुनुभो, त्यसमा सागर मिश्र आउनुभो । दुई महिनामात्र बस्नुभो,’ उनले भने, ‘त्यसैले गर्दा समस्या भयो।’

उनले चालु अघिल्लो आर्थिक बर्ष २०७३/०७४ मा पनि ८३ लाखको भुक्तानीमा पनि समस्या भएको जानकारी दिए।

बल्ब खरीद प्रकरणमा भएको आर्थिक हिनामिनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले अनुसन्धान अघि बढाई रहेका बेला उपमहानगरपालिकाले आन्तरिक रुपमा छानबीन समिति गठन गरेको थियो। त्यो समितिले तयार गरेको प्रतिवेदनमा पनि बल्ब खरीदमा त्रृटि रहेपनि दोषी भने यकिन साथ किटान गरेको छैन।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर अधिकारीले अख्तियारले अनुसन्धान गरि रहेको कारण कारबाही गर्ने अधिकार उसकै भएको बताए। ‘त्रृटि भएकै छ । तर, अख्तियारले अनुसन्धान गरिरहेकाले गर्दा उसैले कारबाही गर्छ,’ उनले भने।

उपमहानगरपालिकाले लेखा प्रमुखको समेत जिम्मेवारीमा रहेका वडा नं. ६ का वडाअध्यक्ष दिपक गौतमको संयोजकत्वमा आन्तरिक छानबीन समिति गठन गरेको थियो। सात सदस्यीय समितिले पटकपटक कोटेशनमार्फत बल्ब खरीद गरेको, बल्बको मापदण्ड, क्षमता, गुणस्तर बमोजिम नभएको, बल्ब खरीद गर्दा बजार मूल्यभन्दा औसतमा १५ देखि २० प्रतिशतसम्म महंगोमा खरीद गरेको लगायत त्रृटी भएको प्रतिबेदनमा उल्लेख गरेको छ। आन्तरिक छानबीन समितको प्रतिवेदनका आधारमा कार्यपालिकाको बैठकले सम्बन्धित शाखा र जिम्मेवार कर्मचारीसँग सोधपुछ र स्पष्टिकरण लिने निर्णय गरि सकेको प्रेस विज्ञप्तिमा उल्लेख  छ। आन्तरिक छानबिन  समितिले दोषी भने यकिनसाथ किटान गरेको छैन।

आन्तरिक छानबीन समितिले प्रतिवेदन तयार गरेपछि दोषीलाई जोगाउन चलखेल भएको भन्दै दबाबमूलक आन्दोलनका कार्यक्रम भइरहेका छन्। विभिन्न समूहले इटहरी उपमहानगरपालिका परिसरमा भेला भएर दबाबमूलक कार्यक्रम गदैं आएका हुन्।

उपमहानगरपालिकाले चालु आर्थिक बर्षका निम्ति प्रत्येक २० वटै वडाका बस्तीका सडकमा बल्ब बाल्न दुई करोड रुपैयाँ बजेट बिनीयोजन गरेको थियो । यही बजेटमध्ये एक करोड हाराहारीको बल्ब खरीद गरेको जानकारी दिइयो।

यसैबीच, बल्ब खरीद प्रकरणबारे प्रारम्भिक अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ। अख्तियारका सहायक प्रमुख एसपी किसनसिंह थापाले प्रारम्भिक अनुसन्धान अब चाडै टुंगिनेछ । उनका अनुसार, प्रारम्भिक अनुसन्धान टुंगिनासाथ विस्तृत अध्ययन हुनेछ । विस्तृत अध्ययन गर्न अख्तियारको केन्द्रले नै अनुसन्धान अधिकृत तोक्नेछ।

प्रकाशित: ५ माघ २०७४ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App