७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

रुकुम- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सह-महामन्त्री सहित राप्रपा सल्यान जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ। बिहीबार सल्यानमा संयुक्त पत्रकार सम्मेलन गरेर राप्रपाले देश विकास गर्न नसक्ने भन्दै उनीहरु एमालेमा समाहित भएको जनाएका छन्।

 ‘राप्रपा राष्ट्रवादी सोचबाट बिचलित हुँदै गएको छ’ राप्रपाको केन्द्रिय सह-महामन्त्री मनोज कुमार प्रधानले भने, ‘एमालेनै राष्ट्रवादी शक्ति भएकाले एमालेमा जानु पर्यो।’ पार्टी र पार्टी नेतृत्व गलत दिशा तिर गएको भन्दै यहाँबाट जनताको सहि नेतृत्व गर्न नसक्ने नस्कने राप्रपाको जिल्ला अध्यक्ष मनोजकुमार सिंहले बताए। ‘हामीले जुन जनताका सपना सकार पार्ने र समृद्ध नेपाल निर्माण गर्ने भनेका छौ’ उनले भने, ‘त्यो राप्रपामा बसेर सम्भव छैन् ।’ एमालेमा नै बसेर जनताको काम गर्ने उनले बताए।

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा राप्रपाले नेपाली कांग्रेससंग सहकार्य गरेर चुनावमा प्रतिस्पर्धा गरेको थियो। सल्यानमा छ हजार भन्दा बढि राप्रपाको मत छ। नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले उहाँको बिचारलाई सम्मान गरि आगामी दिनमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै पदिय लाभ भन्दा माथी उठेर काम गर्ने राप्रपाले बताएको छ। एमालेसंग मिलेर बृहत मुलुक निर्माण गर्ने राप्रपाको भनाई छ।

 

प्रकाशित: ४ माघ २०७४ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App