coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वीरगञ्जलाई राजधानी नबनाइएको भन्दै प्रदर्शन

कलैयाको भरतचोकमा सवारीसाधन नचल्दा अलपत्र परेको यात्रुहरू । तस्बिर ः उपेन्द्र यादव

बारा– प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्जलाई नतोकिएको भन्दै बारा, पर्सामा बिहीबार बिहानै देखि विरोध प्रदर्शन शुरु भएको छ ।

सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकिए पछि बारा, पर्सामा त्यसको विरोधमा प्रदर्शन शुरु भएको हो ।

सरकारी निर्णय फिर्ताको माग गर्दै कलैयामा प्रदर्शनकारीहरूले यातायातको सवारी साधन चल्नमा रोक लगाएका छन भने वीरगंजमा पनि बिहानै बाट प्रदर्शन सुरु भएको छ। 

आन्दोलनकारीहरूले कलैया–वीरगन्ज, वीरगन्ज–जितपुर सडक खण्डमा चल्ने सवारी साधन चल्नमा रोक लगाएका छन्।

बारा, पर्साका स्थानीयहरूले पहिलादेखि नै वीरगन्जलाई राजधानी बनाउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि सरकारले तिनीहरूको मागलाई व्यवस्था गरेको भन्दै यस क्षेत्रका जनताहरू आन्दोलित भएका छन्।

विरोध प्रदर्शनले गर्दा  उद्योग, व्यापार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पूर्ण ठप्प रहेको छ। 

यातायातको सवारी साधनहरु चल्नमा रोक लगाए पछि गन्तव्य तिर हिडेका यात्रुहरुले बिच बाटोमै अलपत्र परेका छन्।

 

प्रकाशित: ४ माघ २०७४ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App