coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

‘युट्युबबाटै मनग्गे आम्दानी

म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् । ती सिर्जनाले लाखौंले हेरिरहेका पनि हुन्छन् । तर विचार नपुर्‍याउँदा लाखौं आम्दानी गुमिरहेकोबारे चाहिँ धेरैलाई थाहा छैन । प्रविधिको पछिल्लो आयामका कारण कसरी स्रष्टाले मनग्गे आम्दानी गुमाइरहेका छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे राजधानीमा हालै बहस चल्यो । नेपाली अमेरिकन कलाकार संघले यो विषयलाई प्रतिलिपि अधिकार संघ जोडेर बहसमा ल्याएको हो । 

‘युटयुबको भ्युअर संख्या बढेको हेर्दै मख्ख हुनु जरुरी छैन,’ संघका अध्यक्ष तथा गायक सुमन बुढामगरले भने, ‘बरु के हो भने स्रष्टाहरू प्रतिलिपि अधिकार र रोयल्टीबारे थाहा नहुँदा त्यसै ठगिरहेका हुन्छन् ।’ प्रतिलिपि अधिकार र रोयल्टीमा ठगिएका कलाकारको आवाजलाई बुलन्द पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताउँदै अध्यक्ष मगरले ‘वैधानिक रूपमा युट्युबबाट आफ्नो बेग्लै च्यानल बनाएर अपलोड गरे शेषपछिको आम्दानीसमेत आफ्ना सन्तानले पाउने’ जनाए ।

 

प्रकाशित: १९ चैत्र २०७२ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App