७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ। नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन्। नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो। 

शनिबार चितवन निकुञ्जको पूर्वी क्षेत्र कुमरोजदेखि राप्ती नदीको सौराहासम्म चरा गणना भयो । गणनाका लागि कुमरोजको राप्ती ड्याम हुँदै गणनाहरु नदी किनारमा पुगे । ड्याममा र जंगलमा मृगको बथान नै भेटिए । रुखभरी बसेका ढुकुरर जुरेली हेर्दै गणकहरु नदीमा झरे। 

नदीमा झनै रमाइलो दृश्य थियो । पानी चराहरुका ठूला ठूला झुण्डसँगै राप्ती तटको बालुवामा घाम ताप्दै गरेका गोही पनि प्रशस्तै भेटिए । गणनाको क्रममा २६ वटा घडियाल र २२ वटा मगर गोही भेटिएको गणक बासु बिडारीले जानकारी दिए । घडियाल गोही संकटमा परेको जलचर हो । नेपालका विभिन्न नदीहरुमा जम्मा १९८ वटा घडियाल छन् । चितवन निकुञ्ज क्षेत्रको नारायणी र राप्ती नदीमा १६६ वटा घडियाल छन्।

पानी चराको अवस्था पत्ता लगाउन सन् १९८७ देखि दक्षिण एसियामा पनि गणना सुरु भएको हो । प्रत्येक वर्ष जनवरी ६ देखि २१ भित्र गणना हुने गर्छ । ‘यो पटक चितवनमा क्यारोल इनिस्कप भन्ने विश्वविख्यात चराविज्ञ आउने भएका कारण हामीले जनवरी ६ को साटो १३ मा चरा गणना सुरु गरेका हौं’ अर्का गणक टीका गिरीले भने । क्यारोलले नेपालमा पाइने चराहरुको विवरण समेटेर पुस्तकसमेत लेखेकी छन्। 

तस्बिर सबै रमेशकुमार पौडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App