न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै फेसबुक

शुक्रबार, २८ पुष २०७४, १९ : ५३ नागरिक


न्युयोर्क – सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्।

उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ ।

नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुगाउने संस्थाहरुको लोकप्रियतामा भने कमी आउनसक्ने उनले स्वीकार गरेका छन्।

यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ। उनीहरुले फेसबुकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्नसक्नेछन्। परिवर्तनहरुको आउने हप्तादेखि प्रभाव देखिनेछ।

‘हाम्रो समुदायबाट हामीले प्रतिक्रिया पाएका छौं कि सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड र मिडियाबाट भइरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु हल्लाउँदैछ, जसले हामीलाई एकअर्कासँग जोड्नका लागि नेतृत्व गर्छ,’ उनले भनेका छन्।

आफ्नो टिमलाई ‘फेसबुक मानिसहरुको भलाईका लागि राम्रो माध्यम हो’ भन्ने बनाउन दायित्व महसुस भएको उनको भनाई छ। ‘यदि सार्वजनिक सामग्रीलाई प्रवर्द्धन गर्ने हो भने यसलाई सामाजिक सम्पर्कको प्रोत्साहनको रुपमा हेर्नुपर्छ,’ उनले भनेका छन्।

जुकरबर्गले फेसबुकको दुरुपयोग रोक्न र प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारे।

पछिल्लो समय प्रचारको माध्यम बनेको लाइभ भिडियो फिडको उदाहरण दिँदै  जुकरबर्गले भने– मलाई विश्वास छ कि यी परिवर्तनले फेसबुकसँग जोडिरहन मानिहरुलाई कम खर्च गर्नुपर्नेछ।

उनले परिवर्तनपश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यवान हुने आशा पनि व्यक्त गरेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...