coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

सबै तस्विर: प्रविन कोइराला

काठमाडौं – आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।
मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

पृथ्वीनारायण शाहको शालिक रहेको सिंहदरवारको मूल गेट अगाडि बिहीवार एक समारोह गरि पृथ्वी जयन्ती मनाइयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत अन्य नेताहरुले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । यसअघि विश्व हिन्दु महासंघ र उज्यालो नेपाल लगायत विभिन्न संस्थाहरुले राष्ट्रिय झण्डासहित र्याली निकालेर सिंहदरवार पुगेका थिए ।

वि.स १७७९ पुस २७ मा जन्मिएका शाहले विभिन्न बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरेर आधुनिक नेपालको निर्माण गरेका थिए । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिंदै भनेका छन्, ‘नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको छ, शुभकामना सन्देशमा उल्लेख गरिएका छ,‘पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पुनर्उत्थान गर्न सकिए राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना हुने थियो ।’

उनले हिमाल, पहाड र तराईका जनताहरु एकजुट भएर देश निर्माणमा जुट्न आग्रह गरेका छन् ।  त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए । राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार एक सन्देश दिँदै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकताकाे जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

'हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्। अब हामीले लड्नु पर्दैन । केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ,'उनले सन्देशमा भनेका छन्,'नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन्।'

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार दिउँसो ३ बजे महेन्द्र पुलिस क्लबमा चियापान कार्यक्रम गर्दैछ ।

सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
सबै तस्विर: प्रविन कोइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App