७ वैशाख २०८१ शुक्रबार
कला

ओझेल हुँदै राष्ट्रिय गीत

काठमाडौं– नेपाल सरकारले आफ्नो राष्ट्रिय नीतिमै देशको कला, संस्कृति, गीत संगीत जस्ता राष्ट्रिय धरोहरलाई अनुत्पादक विषयवस्तु भनेर राखेको छ ।कला अन्तर्गत गीत संगीतभित्र पर्ने राष्ट्रिय गानलाई त झन् कला संगीतको बजारले नै अनुत्पादक घोषणा नै गरेको अवस्था छ ।

गीत संगितमा भावना, मानवीय सम्वेदना, खुसीको सट्टा बजारले ठाउँ लिन थालेपछि बजारमा बिक्ने खालका मात्रै गीतसंगीतले वर्चश्व जमाउन थाल्यो । फलस्वरूप शास्त्रिय, आधुनिक सुगम संगीत तथा राष्ट्रिय गीतहरू बजारमा नटिक्ने भए । अझ राष्ट्रिय गान त नबिक्ने पनि भए । राष्ट्रिय गीत बजाउने जिम्मा रेडियो नेपालको मात्र भएको जस्तो बजारीया सोच हावी हँुदै जाँदा यस्ता गीत सृजनामा ठूलो असर पुगेको अनुभूति सर्जकहरूले शनिबार साटे ।

गीत संगीतमा भावना, मानवीय संवेदना, खुसीको सट्टा बजारले ठाउँ लिन थालेपछि बजारमा बिक्ने खालका मात्रै गीतसंगीतले वर्चश्व जमाउन थालेका छन् । फलस्वरूप शास्त्रीय, सुगम संगीत तथा राष्ट्रिय गीतहरू बजारमा देखिन छाडेका छन् ।

शनिबार संगीतकार सन्तोष श्रेष्ठको राष्ट्रिय गीतको संगालो सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानका बारेमा एक प्रकारको बहस नै भयो । सो कार्यक्रममा बोल्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले राष्ट्रियता जगाउन राष्ट्रिय गीत जत्तिको सशक्त माध्यम अरु नहुने जनाए । उनले २०१३ सालमा लेखेको ‘नेपाली हामी रहौला कहाँ, नेपालै नरहे’ बोलको गीत अहिले पनि निकै मन पराइन्छ । त्यो बेलाको कालखण्डमा यस्ता गीत लेख्नेको ओज नै छुट्टै हुने गरेको अनुभव उनले सुनाए । अहिले भने बजारमा अनेकखालका प्रभावका गीत संगीत आएपछि राष्ट्रिय गित गाउने र सुन्नेहरू कम हुन थालेको तिक्तता घिमिरेले व्यक्त गरे ।

‘राष्ट्रिय गीत सरकारकै लागि अनुत्पादक अब बजारको लागि कसरी उत्पादनशील बनोस्,’ संगीतकार दीपक जंगमले भने, ‘यसको पिआरबिटी र सिआरविटी पनि सायद कसैले प्रयोग गर्छन् ।’ बजारका हिसाबले अनुत्पादक भए पनि मानिसको दिल र दिमागमा राष्ट्रिय एकता र सद्भाव र राष्ट्र नै सर्वोपरी हो भन्ने भाव जगाउने उत्पादनशील भूमिका राष्ट्रिय गीतले निर्वाह गर्ने उनले औंल्याए ।

बजारमै नबिक्ने राष्ट्रिय गीत माग्ने गायक तथा कलाकारहरू निकै कम रहेको गीतकार कालीप्रसाद रिजाल बताउँछन् । ‘अचेल गम्भीर खालका आधुनिक गित र राष्ट्रिय गीतको मार्केट छैन,’ रिजालले व्यंग्यको पारामा भने, ‘यसको आवश्यकता छ छैन भन्दिनँ तर यसको मार्केटचाँहि छैन ।’ पुरानो कालखण्डमा राष्ट्रिय गीत गाउने, लेख्ने र संगीत भर्नेले केही पाउनका लागि कहिल्यै काम नगरेको उनले अथ्र्याए । आत्मसन्तोष र साधनाका लागि गरिने ती कामबापत कहिल्यै कलाकारले नाफा नोक्सानको हिसाब गरेको उनले कहिल्यै सुनेनन् । अचेल गीत माग्न आउनेहरू यस्ता गीतभन्दा ‘बजारमा चल्ने खालको थाहा छ नि तपाँईलाई’ भन्दै चर्चा र पैसामा गीतलाई रूपान्तरण गर्ने चलनले राष्ट्रियता नै ओझेलमा पर्न थालेको महसुस भएको अनुभव उनको छ ।

संगीतज्ञ डा. नवराज लम्सालले नेपाली संगीतको इतिहास वीर रसबाट ओतप्रोत राष्ट्रिय गीतबाटै सुरु भएको बताए । दोस्रो विश्वयुद्ध चलिरहेका बेला फ्रान्सको तर्फबाट लडाइँ गर्न गएका नेपाली बहादुरसिंह बराल देशको राष्ट्रिय गान नुहँुदा रोएको चर्चा उनले गरे । ‘सबैले राष्ट्रिय गान गाउँदा बराल भने आँसु झार्दै थिए,’ लम्सालले भने , ‘किनकी नेपालमा त्यतिबेला राष्ट्रिय गान नै बनेको थिएन ।’ पछि उनै बराल नेपाल फर्केपछि राष्ट्रिय गान र गीतहरू बनाउनुपर्छ भनेर कलाकारसँग छलफल गर्न थालेको इतिहास लम्सालले सम्झाए । उनले अचेल बजारमा चिन्तन भन्दा पनि मानवीय चिन्ताका विषय बिक्ने अवस्था आएको टिप्पणी गरे । उनका अनुसार राष्ट्रिय गीत तीन प्रकारले लेखिने गरिन्छ ।

जसअनुसार पहिलो अन्तरहृदयदेखि राष्ट्र सम्झेर अमूर्त चेतनामै लेखिने गीत हो । दोस्रोमा नेपाली धर्तीको बिम्बहरू टेकेर लेखिन्छन् । अनि तेस्रो भने ती विम्बका वर्णनमात्र गरेर लेखिन्छ । अन्तिमभन्दा अघिल्ला दुई लेखनी राष्ट्रिय गीतका लागि अब्बल रहेको उनको ठम्याई छ ।

राष्ट्रिय गीतको बजार छैन भनेर थाहा हुँदा पनि राष्ट्रिय गीतको एल्बम निकाल्न अग्रसर रहेको भन्दै उपस्थितले संगीतकार श्रेष्ठको प्रशंसा गरे । ‘सुरक्षा’ नामक श्रेष्ठको एल्बममा आठवटा राष्ट्रिय गीत रहेका छन् । जसलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार कालिप्रसाद रिजाल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, नवराज लम्सालले सिर्जना गरेका हुन् । गायकहरूमा कर्म ग्याल्जेन बम्जन, थुप्तेन भुटिया, भविन ढुंगाना, शिव परियार र मनोज राज रहेका छन् ।

एल्बम विमोचन कार्यक्रममा राष्ट्रकविले लेखेको गीतमा तयार पारिएको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । जसमा स्वयं राष्ट्रकवि घिमिरे, कलाकार निर्मल शर्मा, ज्योति प्रकास विक लगायतका कलाकारको अभिनय रहेको छ । डेढ दशकदेखि गीतसंगीतको क्षेत्रमा सक्रिय श्रेष्ठले युवा कलाकारले देशका लागि गर्ने काम राष्ट्रिय गीत नै भएकाले आपूmले एल्बम निकालेको बताए । ‘यस एल्बमले मलाई केही दिनेभन्दा पनि राष्ट्रका मानिसलाई नेपाली भएको भान गराउँछ भन्ने विश्वास लिएको छु,’ श्रेष्ठले भने ।

प्रकाशित: २४ पुस २०७४ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App