८ वैशाख २०८१ शनिबार
समाज

घोराहीमा थारु भाषा सरकारी कामकाजको भाषा बनाइने

दाङ– घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । 

उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

सोअनुसार थारु भाषामा आएका निवेदन दर्ता गरी कार्यसम्पादन हुनेछ भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीले थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।(रासस)  

प्रकाशित: २३ पुस २०७४ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App