हलेसी आगलागी अपडेट: चार घरमा पूर्ण र तीनमा आंशिक क्षती

मङ्गलबार, १८ पुष २०७४, २२ : ३९ दमन राई


खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भएको आगलागीमा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती साढे सात बजेपछि सुरु भएको आगोले मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको छ । यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ । आगोले एउटा टहरा समेत नष्ट भएको छ । करिब तीन घण्टामा आगो नियन्त्रणमा आए पनि क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ । आगलागीको कारण खुलेको छैन । 

अग्नी रेखाकारुपमा बस्तीबीचकै घर भत्काएर आगो नियन्त्रणमा लिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । प्रकाशचन्द्र र रेगिन्द्रको घर आगो फैलिनबाट रोक्नका लागि भत्काइएको हो । हलेसी बजारलाई थप क्षतीबाट जोगाउनका लागि घर भत्काउन र आगोमा माटो हाल्न जेसिभि समेत घट्नास्थलमा लगिएको मेयर राईले बताए । इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो । 

जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको हो । ग्याँस पड्किन थालेपछि आगो नियन्त्रण बाहिर गएको स्थानीय सन्देश राईले बताए । बाक्लो बस्तीबीचमै आगो सुरु भएपछि हलेसीमा त्रास फैलिएको थियो । आगो सुरु भएपछि घर रित्याएर भागाभाग नै मच्चिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा भएको आगलागी पानी अभावमा नियन्त्रण गर्न समस्या परेको उद्धारकर्मीले बताएका छन् । ग्याँस लिक भएर आगो सुरु भएको अनुमान गरिएको छ । 
दमकल नपुग्दै आगो नियन्त्रण 
आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट पठाइएको दमकल हलेसी नपुग्दै आगो नियन्त्रणमा आएको छ । लामो बाटो भएकाले दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रण बाहिर गएपछि दिक्तेलबाट राती साँढे ८ बजे दमकल पठाइएको थियो । दिक्तेलबाट हलेसी पुग्न कम्तीमा तीन घण्टा लाग्ने भए पनि आगो नियन्त्रण बाहिर गएकाले दमकल झिकाइएको मेयर राईले बताए । 

 






यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

जब लाग्यो माण्डवीको मात...

जब लाग्यो माण्डवीको मात...

साँझ झमक्कै पर्नै आँटिसकेको थियो। दर्जन बढी कलाकारहरुको प्रस्तुती हेरी भ्याएका दर्शकहरुमा माण्डवी त्रिपाठीको प्रस्तुती हेर्ने हतारो देखिन्नथ्यो । झमक्कै...

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत...

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो।...

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा...